CG Electronics
IME Life
NIMB

कलाकार सङ्घको ३५औँ स्थापना दिवसको पहिलो दिनको कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । वि।सं। २०४५ भदौ २३ गते स्थापना भएको सङ्घले शनिवार र आइतवार दुई दिन विभिन्न कार्यक्रमहरू आयोजना गरी स्थापना दिवस मनाईरहेको छ ।

 

शनिवार सम्पन्न पहिलो दिनको कार्यक्रममा सम्मान, मानार्थ सदस्यता प्रदान, शुभकामना मन्तव्य, अवधारणापत्र प्रस्तुती र त्यसमाथी टिप्पणी कार्यक्रमको आयोजना भएको छ । त्यस्तै, आइतवार हुने दोश्रो दिनको कार्यक्रममा योगगुरु राम पाण्डेद्वारा योग अभ्यास, डा। विकासानन्दद्वारा मोटिभेसन लेक्चर र डा। श्याम खड्काद्वारा चिकित्सकिय परामर्श हुनेछ ।

पहिलो दिनको कार्यक्रम चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सङ्घकी संरक्षक बसुन्धरा भुषाल, सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकीको उपस्थिति थियो भने सल्लाहकार राजकुमार राई तथा सङ्घका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कानूनी सल्लाहकार कृष्ण ढुङ्गाना, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशकद्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैय्यव शाह, मुकुन्द किशोर भट्टराई लगायत नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा। सुवास घिमिरे, खेलकुदकर्मी बिष्णु गोपाल श्रेष्ठलाई सङ्घको मानार्थ सदस्यताको परिचयपत्र प्रदान गरिएको थियो । त्यस्तै, सङ्घलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ध्रुव देवकोटा, मनोज खत्री, राजीव गिरी, डा।रुपक घिमिरे, प्रकाश पुरी र श्रीदेव बिएललाई आभारपत्र प्रदान गरिएको थियो भने अन्तराष्ट्रिय नेपाल साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष चयन भएकोमा चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र केसीलाई बधाई पत्र प्रदान गरिएको थियो ।

 

सङ्घद्वारा तयार पारिएको ुनेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिकाु बिषयक अवधारणापत्र सङ्घका प्रेस सल्लाहकार शान्तिप्रियले प्रस्तुत गरेका थिए भने सो अवधारणापत्रमाथि चलचित्र कलाकार तथा निर्माता रबिन्द्र सिंह बानियाँ, चलचित्र लेखक अभिमन्यु निरवी र चलचित्र निर्देशक तथा सञ्चारकर्मी सङ्गीता श्रेष्ठले टीप्पणी गरेका थिए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...