एनआईसी एशिया बैंकले ल्यायो हरेक हप्ता स्मार्टफोन जित्ने अफर
Sunday Sep 10, 2023
वि.सं.२०८० भदौ २४ आइतवार ००:०६
काठमाडौं । एनआईसी एशिया बैंकले ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थान बनाउँदै आएको बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत हरेक हप्ता एक जना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने छन् । त्यसका लागि ग्राहकले बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरेर कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्सफर गर्नु पर्नेछ ।
यो अफर यही भदौ १७ गतेबाट असोज २० गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार आइतवारदेखि शनिवारको अवधिलाई एक हप्ता मानिने छ ।
उक्त समयमा ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने छ । साथै विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ ।
२४ लाखभन्दा बढीको संख्यामा रहेका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले कनेक्ट आईपीएसमार्फत प्रति दिन ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सक्ने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६०१ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनताले सेवा लिएका बैंकको दाबी छ ।























