CG Electronics
IME Life
NIMB

चीन भ्रमणमा पुरा हुने एजेन्डामात्रै समेट्न् प्रधानमन्त्रीलाई विज्ञको सुझाव

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई, आसन्न चीन भ्रमण क्रममा सम्बोधन हुने खालका एजेन्डा मात्रै उठाउन विज्ञहरुले सुझाव दिएका छन् ।

आफ्नो चीन भ्रमणको पूर्व सन्ध्यामा आज अपरान्ह पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका प्रधानमन्त्रीलाई विज्ञहरुले, दुई देशको परम्परागत सम्बन्धलाई ख्याल गर्दै पुरा हुने एजेन्डा मात्रै उठाउन सुझाव दिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।

उनले भने ‘चीन भ्रमणका लागि सल्लाह र सुझावका लागि आमन्त्रण गर्नु भएको थियो । त्यसमा आउनु भएका हाम्रा पूर्व सचिव ज्यूहरु, परराष्ट्र सचिव ज्यूहरु र राजदुत ज्यूहरुले दुई देशको बीचमा परम्परागतरुपमा घनिष्ट सम्बन्ध रही आएको दुईटै देशको बीचको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेवल र भायवल कार्यक्रमहरु मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुईदेशको बीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई चै निरन्तरता दिने कुरामा नै जोड दिनु भएको छ ।’

विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले अत्यन्तै चासो र गम्भीरतापूर्वक लिनु भएको उनको भनाई छ ।
उनले भने ‘प्रधानमन्त्री ज्यूहरुले ती चासोहरुलाई अत्यन्तै चासोका साथ लिनु भएको छ । ’

यसअघि आज आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका प्रधानमन्त्रीले आइतबार अपरान्ह विज्ञहरुसंग चीन भ्रमणका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आगामी असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...