CG Electronics
IME Life
NIMB

सिप्रदी अटोपार्टस् प्राइभेट लिमिटेडद्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ ।

सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गर्नु भयेको थियो ।

टाटा लाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडी बढने गरको बताउनु भयेको थियो ।

सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रबिधिहरुको तालिम उपलब्ध गराई रहेको जानकरी गराउदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंक संग समझौता गरको अनि नयाँ प्रविधिसंग अभ्यास हुन डायनामिक टेक्नोसफ्ट संग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराउनु भयो ।

श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराज संग समझौता गरि दराज मा उपलब्ध गराएको जानकारी गराउनु भयो ।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जन ले डियो स्कुटर उपहार प्राप्त गर्नुभयोे भने आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गर्नु भयेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रबिधिलाइ आत्मसाथ गर्नु पर्ने बताउनु भयो । साथै सम्पूर्ण उपहार बिजेताहरुलाई बधाई दिदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताउनु भयो ।

 

 

 

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...