CG Electronics
IME Life
NIMB

एभरेष्ट बैंकको लाभांश घोषणा

NIMB
Himalayan Bank

 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १० दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरी कुल २० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आज (बुधबार ४ः३०) बजे बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश आउदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।

(लाभांश इतिहासहित)

बैंकहरुले कति लाभांश घोषणा गर्ने भन्ने विषयमा स्वयम् बैंकको वित्तीय विवरणमा निर्भर रहन्छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा एभरेष्ट बैंकको सबैभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । यस अवधिमा बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको थियो ।

समीक्षा अवधिसम्म बैंकहरुको लाभांश इतिहास हेर्ने हो भने एभरेष्ट बैंकले विगत १२ आर्थिक वर्षदेखि निरन्तर आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिरहेको छ । बैंकले आर्थिक वर्ष ०७२।०७३ मा सर्वाधिक लाभांश वितरण गरेको थियो सो आवमा बैंकले ७० प्रतिशत बोनस र ३.६७५ गरी कुल ७३.६७३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसका साथै बैंकले आव ०७०।०७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी कुल ६२ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आव ०६७।०६८ मा कुल ६० प्रतिशत, ०६८।०६९ मा ३१.५८ प्रतिशत, आव ०६९।०७० मा कुल ६०.५३ प्रतिशत, आव ०७१।०७२ मा ३६.५७ प्रतिशतले लाभांश वितरण गरेको थियो ।

एभरेष्ट बैंकले आर्थिक वर्ष ०७३।०७४ मा ३४.७४ प्रतिशत, आव ०७३।०७५ मा २० प्रतिशत, आव ०७४।०७६ मा २५ प्रतिशत, आव ०७६।०७७ मा १०.५३ र अघिल्लो आवमा २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष ०७७।७८ मा ६ प्रतिशत बोनस र ४.३२ गरी १०.३२ प्रतिशतले सबैभन्दा कम लाभांश वितरण गरेको थियो ।

 

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...