एनआईसी एशिया बैंकद्वारा घोषणा गर्यो ३०.५२ प्रतिशत लाभांश

वि.सं.२०८० भदौ ३० शनिवार २०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १।५ प्रतिशत नगद गरी कूल ३०।५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।