पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
Saturday Sep 16, 2023
वि.सं.२०८० भदौ ३० शनिवार २२:४३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।
शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।






















