CG Electronics
IME Life
NIMB

चाडपर्वमा, खाद्यन्न अभाव हुदैँन : सचिव मरासिनी

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग व्यवस्था तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चाडपर्वको समयमा बजारमा खाद्यन्न अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

आइतबार उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सदस्यहरुले चाडवाडको समयमा हुन सक्ने अत्यावश्यक बस्तुको अभावबारे उठाएको प्रश्नमा उनले सरकारले त्यसलाई सम्बोधन गर्ने बताए ।

बैठकमा सदस्यहरुले चाडपर्वमा मात्रै नभएर सरकारले अन्य समयमा पनि बजार अनुगमनलाई तिव्रता दिनुपर्ने धारणा राखेका थिए ।

समिति सदस्यहरुले उठाएको प्रश्नको जवाफमा सचिव मरासिनीले बजार अनुगमन तथा व्यवस्थापनको पक्षमा मन्त्रालयले काम गरिरहेको भन्दै बजारमा चिनी र चामलको आपूर्ति सहज बनाउन भारत सरकारलाई पत्राचार गरिसकेको र भारत सकारात्कम देखिएको बताए ।

उनले भने, ‘चाडपर्वको बेलामा चिनिको माग बढी हुने भएको कारणले गर्दाखेरी हामीले भारतीय सरकार समक्ष हाम्रो लोकल स्टक,प्रोडक्सन र वास्तविक मागको बीचमा ५० हजार मेट्रिक टन जति अपुग हुने अवस्था देखिएको थियो । त्यो उपलब्ध गराइदिन भनेर हामीले भारत सरकारलाई पत्राचार गरिसकेका छौ ।’

उनले औपचारिक रुपमा भारतले जानकारी नगराएपनि अनौपचारिक रुपमा नेपालको उक्त मागप्रति भारत सरकार उदार रहेको जानकारी पाएको भन्दै मागको सम्बोधन हुने दाबी गरे ।

‘हामीले चिनी ५० हजार मेट्रिक टन, चामल १ लाख मेट्रिक टन र धान १० लाख मेट्रिक टन मगाएका छौ । खासगरी धान बहुउपयोगि हुने भयो, चामल मिलहरुले काम पनि पाउने भए, मजदुरहरुले काम पनि पाउने भए त्यसैले चामलमा भन्दा भन्दा धानमा बढी जोड दिउँ भनेर त्यो बढी उपलब्ध गराउन भनिसकेका छौ ।

हामी त्यसको जवाफ कुरीरहेका छौ ।’ उनले बैठकमा सदस्यहरुले सिङ्गापुर लगायतका देशलाई भारतले चामल चिनी उपलब्ध गराएको र नेपाललाई नदिएको प्रश्नको जनाफ दिदै थपे, ‘हामीले भन्यौ पनि तपाइँहरुले सिङ्गापुर लगायतका देशहरुलाई दिइसक्नुभयो भन्दा भारतबाट उनीहरुको माग अलि पहिला आएको थियो भन्ने जवाफ दिनुभयो । यो विषयमा हामी आफ्नो काउन्टरपार्टसँग त्यो समयमै वस्तु उपलब्ध गराउने विषयमा फलोअप गरिरहेका छौ ।’

साथै उनले बजारलाई स्थिर बनाउन ५० हजार मेट्रिक टन चिनीमा अर्थमन्त्रालयलाई कर छुट गराउन भनेको र मन्त्रालयले हाललाई २० मेट्रिक टन चिनीमा १५ प्रतिशत कर छुट गरेको बताए । त्यसले बजार मूल्य भन्दा १२ रुपैयाँले कमी गरि सस्तोमा उपभोक्तालाई उपलब्ध गराउने पनि बताए ।

‘अर्थ मन्त्रालयसँग हामीले त ५० हजार मेट्रिक टनमा नै कर छुट दिन माग गरेका थियौ । तर, अहिले २० हजार मेट्रिक टन १० हजार मेट्रिक टन साल्ट टे«डिङलाई र १० हजार खाद्य व्यापार कम्पनी मार्फत आयात गर्नको लागि त्यसमा ३० प्रतिशत भन्सार लागिआएकोमा त्यसको १५ प्रतिशत मात्रै लिने गरेर अनुमति प्राप्त भैसकेको छ ।

त्यो गर्दा पनि प्रतिकिलो १२ रुपैयाँ प्रतिकेजी बजार मूल्य सस्तिदो रहेछ। त्यसले मार्केटलाई स्थिर गर्नको लागि र प्राइभेट क्षेत्रलाई मूल्य घटाउन मद्दत गर्छ ।’ मरमसिनीले भने ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...