CG Electronics
IME Life
NIMB

सुरक्षित तवरले ग्याँस उपभोक्तामा पु¥याउन मन्त्री रिजाल निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सुरक्षित तवरले ग्याँस उपभोक्तामा पु¥याउन निर्देशन दिएका छन् । उनले सबै ग्याँस उद्योगलाई जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्ना उत्पादन बजारमा लैजान निर्देशन दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारणमा मन्त्री रिजालले एलपि ग्याँस सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील वस्तु भएकाले सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भने, ‘एलपि ग्याँसको सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील वस्तु हो । सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउने छन् भन्ने विश्वास छ ।’

मन्त्री रिजालले ग्यास उद्योगले रोजगारी सृजना गरेर आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो योगदान बताउँदै औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन कानुनी एवं नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए ।

उनले भने, ‘रोजगारी सृजना गरी आर्थिक क्षेत्रलाई चलायमान तुल्याउन निजी क्षेत्रले ठूलो योगदान गरेको छ । एलपि ग्याँस उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन सरकारले के कस्ता कानुनी र नीतिगत सुधार गर्नुपर्छ, त्यो गर्दै जान्छ ।’

उनले व्यावसायिक निष्ठालाई कायम राख्दै ग्यास उद्योगलाई व्यवस्थित र सुरक्षित उद्योगको रूपमा स्थापित गर्नुपर्ने बताए ।

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...