CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंकका एक हजार कर्मचारीलाई नेसनल बैंकिङ इन्ष्टिच्युटले तालिम दिने

NIMB
Himalayan Bank
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड ९एनबीआई० बीच सर्टिफिकेशन कोर्षको बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात चालु आ।ब। २०८०र०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई ‘जेएएनबीआई,सीएएनबीआई, एमओओडीवाई’एस लगायतको सर्टिफिकेसन कोर्षको बैंकिङ तालिम प्रदान गर्ने छ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता बृद्धि भई जोखिम न्यूनीकरण हुने बताए।
इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि हुने बताए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्दै बैंकले कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने बताइन्।
उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पद्मा लक्ष्मी जि।सी।, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, सम्झना दाहाल लगायतको उपस्थिति रहेको थियो।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...