CG Electronics
IME Life
NIMB

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०८० असोज ६ गते देखी ८ गते सम्म) “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आ.व. २०७९÷२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढि अभिकर्ताज्यूहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरीबाट आफ्नो कोड र संजालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र संजालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो साथै सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।

समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गरेको बताउनु भयो ।

कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताहरुको योगदानवाट मात्र संभव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अध्यक्षज्यूले प्रकट गर्नु भयो ।

कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको र विशेष गरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला शशक्तिकरण जस्ता क्षेत्रमा योगदान पु¥याउन आर्थिक सहयोग उपलब्ध गराउदै आएको जानकारी गराउनु भयो ।

 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले आफ्नो वर्ष भरीको मेहनत र परिश्रम वापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्नुहुँदै अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नु भयो ।

कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको र कम्पनीले प्रदान गरेको उच्च वोनस दरको कारणले बीमितहरुलाई उचित प्रतिफल प्राप्त भई रहेको बताउनु हुँदै आगामी दिनमा कम्पनीले थप प्रगती गर्ने विश्वास प्रकट गर्नु भयो ।

विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम समावेश गरिएको सो भव्य समारोहमा सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु हुँदै भविष्यमा अझ राम्रो प्रगती गर्ने हौसला प्राप्त भएको बताउनु भयो ।

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी,...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५५

  काठमाडौं, असार १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र...