CG Electronics
IME Life
NIMB

स्वास्थ बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजजिक

NIMB
Himalayan Bank

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष ०८०।०८१ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बोर्डले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

 

 

बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघिय अस्पताल, स्वास्थ्य बिज्ञान प्रतिष्ठान, मेडिकल कलेज र नीजि अस्पतालहरू गरी जम्मा ४६६ वटा रहेकोमा सरकारको बजेट बक्तव्यमा आएको नीति अनुसार सेवा बन्द गरेका २६ वटा सेवा प्रदायकलाई सूचिबाट हटाएपछि हाल ४४० वटा सेवा प्रदायक संस्थाहरुबाट स्वास्थ्य बीमा सेवा प्रवाह भैरहेको बताएका छन् ।

 

साथै उनले नागरिकले चाहे जस्तो गुणस्तरीय सेवा प्रदान नहुँदा र नागरिकको स्वत : स्फूर्त चाहनाले मात्र पनि नागरिक स्वास्थ्य बीमा कार्यक्रम प्रति अत्यन्त आकर्षित रहेका बताए । उनले सबै तह र तप्काबाट महत्वपूर्णरूपमा सहयोग र संचालन गर्न सक्ने हो भने राज्यका सबै नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने र यो कार्यक्रमको दिगो विकास हुने कुरामा कुनै शंका गर्ने ठाउँ नरहनेमा स्पस्ट पारेका छन् ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन नेपालमा स्वास्थ्य सेवामा पहुँच बढाउने कार्यमा धेरै प्रयास हुँदै आएको र पहिलो स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम तथा दोस्रो सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने रणनीति रहेको छ । यस्तै स्वास्थ्य नीति, २०७१ र नेपालको संविधान २०७२ ले प्रत्याभूत गरे अनुसार नेपाल सरकारले हाल सर्वसाधारण तथा लक्षित वर्गलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क गरेको समेत बोडले जानकारी दिएको छ ।

बोर्डले आर्थिक वर्ष ०८०।०८१ मा स्वास्थ्य बीमा ऐन र नियमावलीमा गरिएको व्यवस्था बमोजिम बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्न सम्बन्धित पक्षसंग समन्वय गर्ने भएको छ ।

यसका साथै बोडले स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ र यससँग सम्बन्धित कार्यविधि, निर्देशिका र मापदण्डहरू आवश्यकताका आधारमा संशोधन गर्ने भएको छ। स्वास्थ्य – बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा संचालन गर्नका लागि प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य तथा प्रदेश र स्थानीय स्वास्थ्य बीमा संयोजन समितिलाई थप प्रभाकारी बनाउने योजना रहेको बताएको छ ।

स्वास्थ्य बीमा बोर्डबाट पेश भएको स्थायी संगठन संरचना स्वीकृतिका लागि सम्बन्धित निकायमा पहल गर्ने भएको छ । सो संरचना स्वीकृत नहुँदा सम्म अस्थायी दरबन्दी संरचना नेपाल सरकार बाट स्वीकृति गराई लागु गरिने छ । हाल स्वास्थ्य बीमामा आवद्ध घरपरिवार संख्या ३१.४ प्रतिशतबाट बढाई आ.व. २०८०।०८१ मा ५० प्रतिशत पुराईने बोर्डको उदेश्य रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा संचालन गर्नको लागि बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत प्राप्त सूचनालाई बिश्लेषण गरी बास्तविक तथ्यका आधारमा निर्णय गर्ने परिपाटीको बिकास गर्ने र उपलब्ध तथ्यांकलाई उचित रुपमा प्रयोग गर्नका लागि एक कार्यविधि बनाई लागु गरिने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण डिजिटलाईजेसन गर्ने प्रक्रिया अगाडि बढाइने र बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाईन बीमा लेख दर्ता, प्रेषण प्रणाली, गुनासो सुनुवाई, सूचनाको विश्लेषण गरी नियमित सार्वजनिक गर्ने प्रबिधि, एकिकृत लेखा प्रणाली, सेवा प्रदायकको अनुगमन र पृष्ठपोषण प्रणाली, सेवाप्रदायकको सूचीकरण र नविकरण सजकता प्रणाली, स्वास्थ्य सेवा प्रदायकको स्तर अनुसार उपयुक्त किसिमको इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)को निर्माण गरी लागु गरिने भएको छ ।

 

हाल संचालनमा रहेको सुविधाथैलीलाई बैज्ञानिक र प्रभावकारी बनाउनका लागि सम्बन्धित विषयविज्ञ र सेवा प्रदायकको परामर्श र छलफल बमोजिम आधारभूत अस्पताल, प्रदेश अस्पताल, दुई सय शैया भन्दा माथिका अस्पताल र विशिष्टकृत अस्पताल गरी ४ प्रकारका सेवा प्रदायकका आधारमा तयार गरी लागु गरिने भएको छ ।

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...