CG Electronics
IME Life
Ncell NPL

गुरु ट्राभल्स तथा सिटिजन्स बैंक इन्टरनेशनलबीच व्यवसायिक सहकार्य सहमति

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रुपमा स्थापित।

क्रियाशील वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हेड ब्रान्चका प्रमुख (मुख्य शाखा प्रबन्धक)श्री सुरज कुमार न्यौपाने तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत श्री अनिल धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।

सहमतिपत्रमा उल्लेख भए बमोजिम सिटिजन्स बैंक इन्टरनेशनलका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,०००।०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ ।

यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरुले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु.५००।०० बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरु प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कर्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य शाखाका प्रमुख श्री सुरज कुमार न्यौपानेले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो ।

गुरु ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत वहाँले व्यक्त गर्नुभयो ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...