CG Electronics
IME Life
NIMB

अर्थतन्त्रको संकटमोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्शको आयोजना गर्ने, सातवटै प्रदेशमाा लगानी सम्मेलन गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ढोरपाटन, बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउने निर्णय गरेको छ ।

बागलुङ्ग जिल्लाको ढोरपाटनमा सम्पन्न महासंघको कार्यकारिणी समितिको तेस्रो वैठकले सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै अहिलेको संकटको निकास निकाल्ने गरी यही असोज महिनाको अन्तिम साता वृहत राष्ट्रिय विमर्शको आयोजना गर्ने निर्णय गरेको हो ।

सरकार तथा नियामक निकायले निजी क्षेत्रले उठाएका विषयहरु गम्भिरतापूर्वक नलिने र अर्थतन्त्र तथा व्यवसायका विषय निजी क्षेत्रका मात्र समस्या हुन् भन्ने गरेको महासंघको गुनासो रहेको छ । त्यसैले अहिलेको संकट समाधानका लागि अर्थतन्त्रका सबै सरोकारवालाहरु एक हुनुपर्ने निजी क्षेत्रको धारणा छ ।

कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउने सहित ४ वटा महत्वपूर्ण निर्णय गरेको जानकारी दिनुभयो ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशकलाई सफल बनाउने गरी निजी क्षेत्रले भ्रमण वर्षभरी महासंघको केन्द्र, प्रदेश र जिल्लारनगरमा पर्यटन पवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्नुका साथै महासंघ तथा यसका सदस्य संघरसंस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राख्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरु आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघले ७७ वटै जिल्लाका व्यवसायीहरुको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरुमा लगानी गर्ने निर्णय गरेको ढकालले बताउनुभयो ।

महासंघका सदस्यहरुमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका वैठक आयोजना गर्न सुरु गरेको छ ।

यसै क्रममा महासंघको कार्यकारिणी समितिको तेस्रो वैठक अध्यक्ष ढकालको गृह जिल्ला बागलुङ जिल्लाको ढोरपाटनमा सोमबार सम्पन्न भएको छ । ढोरपाटन बागलुङ जिल्लाको ऐतिहासिक र पर्यटकीय क्षेत्र हो ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...