नेपाल औषधी उत्पादक संघले ‘फर्मा कन्क्लेभ-२०२३’आयोजना गर्दै
Monday Oct 02, 2023
वि.सं.२०८० असोज १५ सोमवार १९:२८
काठमाडौं । फर्मा कन्क्लेभ -२०२३ आयोजना गर्दै औषधी उत्पादक संघ
नेपाल औषधी उत्पादक संघ (एपोन)ले ‘फर्मा कन्क्लेभ-२०२३’ आयोजना गर्ने भएको छ ।
असोज २५ गते काठमाडौँमा आयोजना हुने सो कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ ।
कन्क्लेभमा स्वदेशी औषधि उद्योगका उत्पादक, व्यवासायी, अनुसन्धानकर्ता र निर्यातकर्ताहरुको उपस्थिति रहने छ । यस्तै, संघका अनुसार उक्त अवसरमा औषधी उत्पादन तथा बजारीकरण सम्बन्धी नितिहरुका विषयमा छलफल गर्न नेपाल सरकारका प्रतिनिधिहरु तथा नेपाल, भारत, बंगलादेश लगायत राष्ट्रका विज्ञहरुको प्रस्तुती रहेको छ ।
कन्क्लेभमा विभिन्न राष्ट्रका विज्ञहरुसँग प्रत्यक्ष रुपमा छलफल हुने बताउँदै संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले भने, “नेपाली औषधी उद्योगहरुको विकासको लागी समयानुसार कस्ता औषधी नीतिहरु बनाउन सकियो भने औषधी बजारलाई सुधार र स्तरोन्नति गर्न सकिन्छ, विश्व बजारको माग अनुसार औषधी उद्योगले उत्पादन दिने विषय, नेपाली उत्पादनको सुरक्षा र प्रभावकारीता कायम राख्ने विकसित परिदृष्यको अपेक्षाको विषय, नेपाली औषधी उद्योग विकासका चुनौती र अवसरहरुको जानकारी र औषधी उद्योगको प्रवर्द्धन गर्नको लागी भावी रणनितिहरु तयार गर्ने विषयमा औषधी विज्ञहरुसँग प्रत्यक्ष रुपमा छलफल गर्दै निष्कर्षमा पुग्ने कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको छ । “

























