CG Electronics
IME Life
NIMB

संयुक्त राष्ट्र संघको आपतकालीन बैठकले पारित गर्यो इजरायल हमास युद्ध रोक्ने प्रस्ताव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । इजरायल–हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा -युएनजीए_को आपतकालीन बैठकमा पारित भएको छ ।

१५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यू गिनी र पाराग्वे समावेश छन् ।

यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए । इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आह्वानमा अमेरिकी भिटोका कारण असफल भएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन् ।

संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी एजेन्डालाई थप बल दिने बताए । युद्ध रोक्नुले हमासलाई मात्र फाइदा हुने भन्दै उनले प्रस्ताव अस्वीकार गरे ।

महमुदले प्यालेस्टिनीमाथि इजरायली सेनाको बर्बर हमला र सर्वसाधारणको हत्या रोक्नको लागि युद्धविराम एक मात्र उपाय भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा भइरहेको हिंसा रोकिनुपर्ने बताएका छन् । फ्रान्सिसले गाजामा सर्वसाधारणमाथि आक्रमण भइरहेको बताए ।

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...