CG Electronics
IME Life
NIMB

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ठूलो राहत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुवाण्डा आप्रवासन नीतिमा ठूलो राहत पाएका छन् ।

बेलायती संसदमा रुवाण्डा आप्रवासन विधेयक पारित भएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवाण्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठूलो राहत मिलेको हो ।

हाउस अफ कमन्समा पार्टीका ३१३ सदस्यमध्ये २६९ जनाले विधेयकको पक्षमा मतदान गरे । जुन ४४ मतको बहुमत हो ।

तर, कन्जरभेटिभ पार्टीका ३८ सांसदहरूले भने मतदानमा भाग लिएनन् । जसमा बर्खास्त गरिएका गृहमन्त्री सुएला ब्रेभरम्यान र राजीनामा दिएका बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिक पनि छन् ।

यसअघि प्रधानमन्त्री सुनकले कन्जरभेटिभ पार्टीका सांसदहरूको समर्थन जुटाउन अभियान सुरु गरेका थिए । धेरै सांसदहरूले विधेयकको विरोध गर्ने धम्की दिएका थिए । यो विधेयकले पूर्वी अफ्रिकी देश रुवान्डामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने कानुनी अवरोधहरू हटाउने लक्ष्य राखेको छ ।

मंगलबार विधेयकमा प्रारम्भिक चरणको मतदान अघि प्रधानमन्त्री सुनकले कानुनी चुनौतिहरूबाट बच्न पर्याप्त नभएको महसुस गर्दै विधेयकको विरोध गरिरहेका पार्टीका दक्षिणपन्थी सदस्यहरूका लागि बिहानको खाजाको आयोजना गरे ।

प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री सुनक आफ्नै पार्टीभित्रको परीक्षामा उत्तीर्ण भएका छन् । जसले पार्टीमा उनको पकड पनि बलियो बन्दै गएको संकेत पनि गरेको छ ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...