CG Electronics
IME Life
NIMB

महिला लघुवित्तकोआर्थिक वर्ष २०८०र८१ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी देशैभरी सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले देशैभरीमा आर्थिक वर्ष २०८०र८१ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । सस्थाको अन्तिम चरणको क्रममा मंसिर २३ र २४ गते बागमती प्रदेश अन्र्तगतका १७ वटा शाखाहरुको प्रथम त्रैमासिक गोष्ठी सम्पन्न भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित समिक्षा गोष्ठमा संस्थाका सहायक कार्यकारी अधिकृत, बरिष्ठ प्रबन्धक तथा बिभागीय प्रमुखहरुको बिशिष्ट आतिथ्यता रहेका थियो ।

समिक्षा बैठकमा बोल्दै प्रमुख अतिथी न्यौपानेले हालको अवस्थामा लघुवित्त माथि चौर्तफी प्रहार भइरहेकाले सजग र संयमित भएर काम गर्न मातहत बिभाग र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बजारमा अराजक तत्वहरुले सदस्यहरुलाई भडकाउने, झुटा आस्वाशन देखाउने र कर्जा मिनाहा गरिदिन्छु भन्दै सदस्यहरुबाट रकम असुल गर्ने काम भइरहेको बताउदै उक्त कार्यमा संलग्न जो कोहिलाई पनि कानुनको दायरामा ल्याउन सबैले एकजुट भएर लाग्नु पर्ने बताए ।

सोहि कार्यक्रममा न्यौपानेले संस्था र संस्थामा जिम्मेवार पदमा कार्यरत कर्मचारीहरु माथि समाजिक सञ्जालको माध्यमबाट गलत प्रचार प्रसार गरी संस्था बिरोधी पक्षलाई मलजल गर्ने जो कोहिलाई पनि कारवाही गरिने बताए ।

वित्तीय संस्थाले प्रथम त्रैमासिक अवधिमा थप ५ वटा नयाँ शाखा समेत बिस्तार गरेका छ । नयाँ शाखाहरुको उद्घाटन सत्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले दुरदराजमा रहेका बस्तीहरुमा वित्तीय सेवा पुगाउने लक्ष्यका साथ हामी आएको र यस महानकार्यमा यस ठाउँका जनप्रतिनिधीहरु ,स्थानिय तहका प्रमुख , उप प्रमुख , वडा अध्यक्ष ,समाजसेवी ,दिदिबहिनी सबैको साथ सहयोग रहनेमा आफु बिस्वस्त रहेको बताए । शाखा विस्तार अन्र्तगत सुदुरपश्चिम प्रदेशमा बैतडीको खोड्पे र शिवनाथ, डोटीको सायल र विपीनगर, तथा कर्णाली प्रदेशको जुम्लाको हिमामा नयाँ शाखा विस्तार गरेको प्रदेश प्रमुख नारद न्यौपानेले जानकारी दिए ।

निकट भविस्यमा सुदुरपश्चिम प्रदेशका पहाडी सबै जिल्लाहरुमा केन्द्रिय बैंकको अनुमती र संस्थाको बजेट केन्द्रित रहेर शाखा बिस्तार गरिने प्रदेश प्रमुख नारद न्यौपानेले बताए । यसै गरी कर्णाली प्रदेशमा पनि सोहि बमोजीम नयाँ शाखा बिस्तारका लागि अनुमतीका लागि पहल गर्ने कर्णाली प्रदेश कार्यालय प्रमुख प्रकाश चन्दले जानकारी दिए ।

समिक्षा गोष्ठी अन्र्तगत मंसिर ८ गते गण्डकी प्रदेश, १० र ११ गते मधेस र कोशी प्रदेश, १३ र १४ गते लुम्बिनी प्रदेश, १५ गते कर्णाली प्रदेश, १८ र १९ गते सुदुरपश्चिम प्रदेश र २३ र २४ गते बाग्मती प्रदेशमा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न भएको सामान्य सेवा बिभाग प्रमुख ममिला पौडेलले जानकारी दिए । गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत,सहायक कार्यकारी अधिकृत, बिभागीय प्रमुखहरु,सातै प्रदेशका प्रदेश प्रमुखहरु र प्रदेश कर्मचारीहरु लगायत ७६ वटै शाखा कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...