CG Electronics
IME Life
NIMB

प्रभु महालक्ष्मी लाइफद्धारा मृत्युदावी रकम भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी कार्यालय म्याग्दीबाट मृत्युदावी रकम भुक्तानी भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, रुमका बीमित स्वर्गीय लालबहादुर विकको परिवारलाई बीमावापत मृत्युदावी रकम भुक्तानी गरिएको हो ।

स्व। विश्वकर्माले डेढ वर्षअघि पाँचलाख रुपैयाँको ‘लोकप्रिय धन फिर्ता’ बीमा योजनाअन्तर्गत साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्नुभएको थियो । उहाँले दोस्रो किस्तासम्म बीमा गरेवापत ६२ हजार नौसय ४० रुपैयाँ तिर्नुभएको थियो । विश्वकर्माको ३१ वर्षको उमेरमा अल्पायुमै उपचारको क्रममा मृत्यु भएपछि उहाँको परिवारलाई सो बीमावापत दशलाख ३७ हजार पाँचसय रुपैयाँ मृत्युदावी वापतको बीमाको रकम भुक्तानी गरिएको छ ।

उक्त रकम स्व। विश्वकर्माका छोरा अनमोल विश्वकर्माको बैंक खातामा जम्मा गरी डमी चेक परिवारलाई हस्तान्तरण गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्षत्रीय प्रमुख जमुना आचार्यले जानकारी दिनुभयो ।

उक्त रकम अघिल्लो साता मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्व। विश्वकर्माको परिवारलाई चेक हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष गर्बुजाले बीमा कम्पनीहरुले गाउँगाउँमा जीवन बीमासम्बन्धी विषयमा सचेतना फैलाउन आवश्यक रहेको बताउँदै जीवन बीमा गरेको खण्डमा भवितव्य परेमा बीमाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा स्व। विश्वकर्माको बुबा हर्कबहादुर विश्वकर्माले छोराको उपचारमा धेरै खर्च भएको बताउँदै बीमाबाट प्राप्त रकमले नातिको अध्ययन तथा उपचारको क्रममा लागेको ऋण तिर्न सहयोग हुने भएकाले बीमा गरिदिने व्यक्ति र संस्थालाई धन्यवादज्ञापन गर्नुभएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग भएको लोकप्रिय धन फिर्ता बीमा योजनाअन्तर्गत गरिएका जीवन बीमामा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा त्यो बेलासम्मको आर्जित बोनससहित रकम प्रदान गर्ने गरिएको छ ।

बीमितको कालगतिले मृत्यु भएमा बीमाङ्कको डबल र दुर्घटनाले मृत्यु भएमा बीमाङ्कको त्रिबल रकम भुक्तानी गरिने योजना सञ्चालनमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । क्षत्रीय प्रमुख आचार्यको अध्यक्षता र बेनी कार्यालय प्रमुख रामजी आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानजेजरहरु खरमाया बिटालु, राजमति पुन निस्कोटका वडा सदस्य तनदेवी पूर्जाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...

आईएमई लाइफ इन्स्योरेन्सको साखस्तर वृद्धि, ‘केयर–एनपी ए’ प्राप्त

आईएमई लाइफ इन्स्योरेन्सको साखस्तर वृद्धि, ‘केयर–एनपी ए’...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:१४

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत साख मूल्याङ्कनमा...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४१

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी...

वि.सं.२०८३ जेठ २० बुधवार २१:२२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...