CG Electronics
IME Life
NIMB

आफूजस्ता नेतालाई नैतिक शिक्षा पढाईदिन शिक्षकहरुसँग कानूनमन्त्री गुरुङको अनुनय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कानूनमन्त्री धनराज गुरुङले नैतिकता नभएका नेताले चलाएको देशमा सबैपक्ष डामाडोल भएको बताउँदै आफू जस्ता नेतालाई नैतिक शिक्षा पढाइदिन अनुनय गरेका छन् ।

आज निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री गुरुङले तत्कालिन अवस्थामा नेताहरुलाई नैतिक शिक्षाको आवश्यकता परेको बताए । उनले शैक्षिक क्षेत्रमा खराबी आए सिङ्गो देशमै खराबी आएको बुझ्नुपर्ने उल्लेख गर्दै आफूजस्ता नेतालाई नैतिक शिक्षाको पाठ पढ्नुपर्ने अवस्था आएको बताए ।

‘राम्रोसँग शिक्षा प्राप्त गर्ने हो भने चाहे जुनसुकै क्षेत्रमा लागोस्, म जस्तो राजनीतिमा लागेकालाई पनि राम्रोसँग पढाइदिनु भयो भने बल्ल देश चलाउन जान्ने हुन्छु । अहिलेको अवस्थामा यो देशमा म जस्ता नेताहरुलाई धेरै कुरा होइन कम्तिमा पनि नैतिक शिक्षा पढाइदिनुभयो भने राह्रै राम्रो हुन्छ । जुन देशका नेताहरुमा नैतिकता हुँदैन त्यो देशको सम्पूर्ण चिज डामाडोल हुन्छ,’ मन्त्री गुरुङले भने ।

त्यस्तै उनले नेपाली शैक्षिक क्षेत्रको समस्या र विदेशिने विद्यार्थीको अवस्था यस्तै नै रहेमा अबको पाँच सात वर्षमा ब्रेन ड्रेनले भयावह रुप लिनेमा आफूलाई डर लागिरहेको उल्लेख गरे ।

‘भलै म आज मन्त्री छु तर, मलाई एकदमै डर लागिराखेको छ, त्यो के कुरामा भने कतै पाँच सात बर्षभित्रै हाम्रो मुलुक ब्रेन डे«नको अवस्थामा पुग्ने त होइन ? प्लस टु गर्ने बित्तिकै युवा विदेशिने अवस्था छ ।

त्यतिमात्रैले पुगेन अहिले धेरै टाढा जानु पर्दैन पारिपट्टी सब्बै चियापसल थापेजसरी सानासाना टेक्निकल कलेजहरु स्थापना भैराखेको छ, हाम्रा विद्यार्थी त्यहीँ पनि गैरहेका छन् । यो लुकाउनु हुँदैन सत्य कुरा हो । हामी सम्बन्धन दिन हुँदैन, बढाउन हुँदैन भन्छौं यथार्थ कुरा यही हो त्यसकारण यसतर्फ हामी एकदमै गम्भीर छौं, म नि गम्भीर छु’ , मन्त्री गुरुङले भने ।

उनले नेपाललाई एजुकेशनल हब बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिँदै शिक्षा विधेयक प्रसव पीडामा परिरहेको व्यङ्ग्य गरे ।

‘शिक्षा विधेयक ल्याउनलाई यतिधेरै प्रसव पीडा कसैले खप्न नपरोस् भन्छु म त । विधेयक यति लामो प्रसव पीडामा छ, बडा मुस्किलले विधेयक हामीले ल्याउँदै थियौं त्यो अहिले संसदीय समितिसम्म पुर्याउने काम भएको छ ।

सबै स्टेकहोल्डरसँग छलफल गरेर अगाडि बढाईरहेको अवस्था छ । त्यसमा शिक्षक साथिहरुसँगै सम्बद्ध पक्षसँग छलफल गरेर काम अगाडि बढीरहेको छ । तर, बडो गाह्रो र गजब हुने रहेछ विधेयक ल्याउने बेलामा पनि निजी क्षेत्रको विद्यालयहरु ०५८ पछि नै कम्पनीमा दर्ता भएर कम्पनी कानून बमोजिम अगाडि बढेको हो भन्ने मलाई लाग्छ ।

तर, विधेयक बनाउने क्रममा फेरी कहाँकहाँबाट अर्कै कुरापनि घुसेको रहेछ । कानूनमा सहमति दिने बेलासम्म त्यो कुरा थिएन । पछि मैले शिक्षा मन्त्रीलाई सोधेँ उहाँ पनि त्यो छँदै थिएन भन्नुहुन्छ । कहाँकहाँबाट घुस्दो रहेछ शर्तहरु । पछि सबैंको सहमतिमा विधेयकमा घुस्न लागेको कुरालाई सहमतिमै बाहिर राख्या छौं ।’

 

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...