CG Electronics
IME Life
NIMB

लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको छ : प्रधानमन्त्री दाहाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहार्ल प्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् ।

शािबार ललितपुरमा आयोजित नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन् ।

‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरि संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् ।

 

इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् ।’ उनले भने, ‘त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’

उनले नवदुर्गा भवानी देवीको १२ वर्षेे ऐतिहासीक जात्रा समापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षेे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे ।

उनले भने,‘नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रामा प्रमुख अतिथिको रुपमा समापन घोषणा गर्ने यो अवसर मिल्यो आफुलाई भाग्यशालि सम्झेको छु । सायद यो इतिहास कहिल्यै पनि मेटिदैन् । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको म पहिलो प्रधानमन्त्री यो ऐतिहासिक जात्रामा समापन मा सहभागि हुने नवदुर्गाको पुजा गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसर पाए त्यो खुसीको कुरा हो । ’

 

प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउनुपर्नेमा जोड दिए ।
उनले विश्वका बिभिन्न देशमा संवद मनाउदा अन्तराष्ट्रिय र राष्ट्रिय दुई वटा नै मनाउने गरेको भन्दै चाँडै नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउने दाबी गरे ।

उनले भने,‘ आज तपाईहरुले भन्नुभएको छ काम काज भाषामा कै रुपमा बागमति र काठमाडौ उपत्यकामा त अहिले कामकाज भाषाको रुपमा नै प्रयोग हुँदै आएको छ । विस्तारै सायद एउटा अन्तराष्ट्रिय संवत् हुन्छ ।

 

एउटा राष्ट्रिय संवद हुन्छ । विश्वका बिभिन्न देशमा संवद मनाउदा दुईवटा नै मनाउने गर्छन् । हाम्रो यहाँ पनि सायद राष्ट्रिय संवत् नेपाल संवत् मात्रै हुन्छ भन्ने मैले सुनेको छु । हामी मिल्यौं भने त्यो दिन पनि धेरै टाढा छैन । नेपाल संवत् मात्रै नेपालको राष्ट्रिय संवत् हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले सातदोबाटो देखि चाँपागाउँसम्मको सडक विस्तार गर्न आवश्यक देखिएको भन्र्दै सरकाले बाटो विस्तारमा पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, सातदोबाटो देखि चाँपागाउँसम्म मूख्य रुपमा बाटो त बन्यो तर २२ मिटरको हुनु पर्ने भएको छैन् । त्यो बाटो विस्तारको माग गरिएको छ । यो बाटोमा म आफै जानकार पनि छु र बाटो विस्तार गर्ने कुरामा मेरो नेतृत्वको सरकारले पहल गर्ने विश्वास सबैलाई दिलाउन चाहन्छु । ’

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...