CG Electronics
IME Life
NIMB

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठूलो हीरा व्यापार भवन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठूलो बहुउदेश्य भवन निर्माण गरिएको छ। सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरुलाई निमन्त्रणा गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

आफ्नो गृहनगरमा निर्मित एसडीबी भवनको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दैछन्।

यो भवनलाई सबैभन्दा ठूलो अन्तरसम्बन्धित कार्यालय भवन मानिएको छ। यसमा ४ हजार ७०० भन्दा बढी कार्यालयहरू रहन सक्नेछन्।
यसको निर्माण लागत ३५ अर्ब भारतीय रुपैंयाँ छ।

भवनको निर्माण फेब्रुअरी २०१५ मा सुरु भएको थियो। यसको काम अप्रिल २०२२ मा सम्पन्न भएको हो। एसडीबी भवनमा सूरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनी सबैथोक पाउन सकिने उदेश्य राखेको बताईएको छ। सूरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ।
गिनिज वल्र्ड रेकर्डमा नाम
यस भवनको नाम यसै वर्ष अगस्टमा गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो।

यो भवन ३५.५४ एकडमा फैलिएको छ। यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ। यसअघि विश्वको सबैभन्दा ठूलो अफिस कम्प्लेक्सको कीर्तिमान अमेरिकाको पेन्टागनको नाममा थियो। पेन्टागनको निर्माण क्षेत्र ६५ लाख स्क्वायर फिट छ।

सूरतमा बनेको यो मेगास्ट्रक्चरमा ९ ग्राउन्ड टावर र १५ फ्लोर छन्। नौ आयताकार टावरहरू केन्द्रीय मेरुदण्डद्वारा जोडिएका छन्। यसमा ३०० स्क्वायर फीट देखि १ लाख स्क्वायर फीट सम्मका ४ हजार ५०० भन्दा बढी अफिस स्पेस छन्। भवनले इन्डियन ग्रीन बिल्डिङ काउन्सिलबाट प्लेटिनम र्याङ्किङ प्राप्त गरेको छ।

कार्यालयबाहेक डायमण्ड बोर्स क्याम्पसमा सेफ डिपोजिट भल्ट, कन्फरेन्स हल, बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, बैंक, भन्सार क्लियरेन्स हाउस, कन्भेन्सन सेन्टर, प्रदर्शनी केन्द्र, तालिम केन्द्र, मनोरञ्जन क्षेत्र र क्लब जस्ता सुविधाहरू छन्। पछिल्ला केही हप्तामा, धेरै हीरा व्यापार कम्पनीहरूले यहाँ आफ्नो कार्यालय सुरु गरेका छन्।

एसडीबी भवनको विशेषता
भारतबाट हिरा, रत्न र गहनाको आयात, निर्यात र व्यापारलाई प्रवर्द्धन गर्ने, हीरा उत्पादन र व्यापारमा संलग्नहरूलाई अत्याधुनिक पूर्वाधार उपलब्ध गराउने, हिरा, रत्न र आभूषण काट्न, पालिश र प्रशोधन सहित सम्बन्धित व्यवसाय विस्तार गर्न, भारतलाई विश्वमा आधुनिक हीरा, रत्न र आभूषण बजारको रूपमा विकास गर्न र यस भवनलाई ६५ हजार भन्दा बढी हीरा विशेषज्ञहरूको लागि सुविधाजनक हब बनाउने विशेषता रहेको छ।

यो भवनको डिजाईन दिल्लीका वास्तुविद्ले गरेका हुन्। यो भवन दिल्लीका आर्किटेक्ट सोनाली र मनित रस्तोगी र उनीहरूको फर्म मोर्फोजेनेसिसले डिजाइन गरेका हुन्। भवनको संरचना र बनाउने चुनौतीबारे मनित रस्तोगीले भने– ‘भवन बनाउनुको सबैभन्दा ठूलो चुनौती भनेको ६५ हजार मानिस आउन सक्ने भवन कसरी डिजाइन गर्ने भन्ने थियो।

६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रंगशाला जस्तै छ। यो उच्च सुरक्षा क्षेत्र पनि हो। यहाँ नियमित रुपमा आउने मानिसहरू एकै समयमा भवन भित्र र बाहिर गर्न सक्नेछन्। त्यसकारण मेरुदण्डको आकारको भवन बनाइएको छ। मेरुदण्ड साना हड्डीहरूको श्रृंखलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसैगरी यो भवन पनि एक अर्कासँग जोडिएको छ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...