CG Electronics
IME Life
NIMB

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी “लिटमस केबल्सः इको वायरिंग स्मार्ट वाच देखि दुबई सम्मको यात्रा,” ७ महिने राष्ट्रव्यापी योजना ल्याएको छ ।

जसको मुख्य उदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको छ ।

लिट्मस केबल्सको इको वायर(जेड एच, नेपालकै पहिलो जेरो हेलोजेन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तार हो । यसै कारणले, आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्याँसहरू कम गर्दछ, जसले यसलाई सुरक्षित र वातावरण मैत्री बनाउँछ ।

यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

साथै, १५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका पानेछ र २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रीशियनहरूले इको वायर(जेड खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ। उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन ।

कम्पनीको अनुसार, यो योजना २०८०, पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म जारी हुनेछ ।

लिट्मस केबल्स, नेपालको अग्रणी केबल निर्माता, जसले आफ्नो ग्राहकहरुको विशेष आवश्यकताहरु पुरा गर्न विभिन्न थरीका तार र केबलहरु उत्पादन गर्दै आइरहेको छ ।

लिटमस केबल्सले घरमा प्रयोग मल्ट्रिस्ट्र्यान्ड तारहरु देखि बिभिन्न इण्ड्रष्ट्रिजमा प्रयोग हुने पावर केबलहरू, बिद्धुतिय पोल देखि घरसम्म बिजुली ल्याउन प्रयोग हुने कन्सेन्ट्रिक केवल्स लगायत सम्पुर्ण तार, केवल्स तथा कन्डक्टरहरुको उत्पादन गर्दै आएको छ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...