CG Electronics
IME Life
NIMB

जुनार किसानको गुनासो : सरकारी अनुदान पुगेन, नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिएन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रामेछाप । अहिले रामेछापका जुनार किसानको बगैँचामा लटरम्मै जुनार फलेका छन् । रामेछाप र सिन्धुलीका अधिकांश बजार केन्द्रमा पनि बिक्रीको लागि राखिएका जुनारको थुप्रा थुप्रा देखिन्छन् ।

किसानको बगैँचाको बोट र व्यापारीले बेच्न राखेको जुनारको रास देख्दा मुख नरसाउने सायदै कोही होला । यी रसिला जुनार उत्पादन गर्ने किसानको कथा भने त्यति रसिलो छैन । जुनार किसानको कथा निक्कै उराठलाग्दो छ ।

 

रामेछापमा व्यावसायिक जुनार खेती सुरु भएको झण्डै चार दशक भइसक्यो । रामेछापको रामेछाप, ओख्रेनी, सुकाजोर, सालु, देउराली, रमपुर, भलुवाजोर, फुलासी, माकादुम, खनियापानी, दोरम्बा, हिलेदेवी, बेथान लगायतका स्थानमा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ ।

 

रामेछापमा पञ्चायतकालमा नै जापनिजहरूले परीक्षणको रूपमा जुनार खेती सुरु गरेका थिए । त्यसैबाट प्रेरित भएर रामेछापका किसानले जुनार खेती लगाउन सुरु गरेका हुन् । तत्कालीन राजा वीरेन्द्र २०४२ सालमा भ्रमणमा आउँदा राजालाई देखाउन रामेछाप बजारा पाकेका जुनारका बोटका हाँगा काटेर बजार भरी फलेको जुनारको बोटको गेट बनाइएको थियो । त्यसैबाट प्रभावित भएर तत्कालीन राजा वीरेन्द्रले रामेछापलाई जुनार क्षेत्र घोषणा गरेका थिए ।

 

जुनार क्षेत्र घोषणा गरेपछि जुनार खेती गर्ने किसानलाई जुनारका बिरुवा तथा मलमा अनुदान दिइएको थियो । जसले गर्दा किसानले धमाधम जुनार लगाए र जुनारका बगैँचा बनाए ।

 

जुनार लगाएको तीन÷चार वर्षबाट उत्पादन दिन सुर र्गयो तर सडक, पूर्वाधार केही नभएको कारण जुनार बिक्री हुन सकेन । ‘जुनार बिक्री भएन, सबै बगैँचामा कुहिएर गयो, बजार नपाएपछि कतिपय किसानले त्यतिखेर बगैँचा नै मासे’, ओख्रेनीका किसान युगराज पाख्रिन भन्छन् ।

जब रामेछापसम्म कठमाडौं र सिन्धुलीबाट सडक जोडियो बल्ल जुनारले बजार पाउन लाग्यो । त्यस पछि फेरी किसानले व्यावसायिक रूपमा जुनार लगाउन लागे ।

तर बिचमा जुनारमा दुईवटा महामारी प्रकृतिका रोग आए । पहिला जुनारको बोट नै मार्ने ढुसी रोग आयो । धेरै किसानका बगैँचाका जुनारका बिरुवा मरे । बगैँचा नै रित्तिए ।

ढुसी रोग बल्ल नियन्त्रणमा आयो । त्यस पछि जुनारका दानामा औँसा पर्ने रोग देखियो । ‘करिब तीन वर्ष जति त्यो रोगले जुनार बिर्गायो, बाहिरबाट हेर्दा राम्रो दाना देखिने, दाना भित्र सबै औँसा किरा, उपभोक्तालाई ठगेजस्तै हुने, त्यसले गर्दा जुनार नै बिक्री भएन, दुई वर्षदेखि त्यो रोग देखिएको छैन’, पाख्रिन भन्छन् ।

अहिले भने किसानलाई जुनार बिक्री गर्न त्यति असजिलो छैन । व्यापारीहरू जुनार किन्न बगैँचामा नै पुग्छन् । राम्रो खालका जुनार बगैँचाबाटै प्रति किलो ५० रुपैँयाका दरले बिक्री हुने ओख्रेनीका किसान शेरबहादुर तामाङ बताउँछन् ।

जुनार मुख्य उत्पादन हुने सिजन मङ्सिरदेखि माघसम्म हो । माघसम्म ४० देखि ६० रुपैँया प्रतिकिलो बिक्री हुने जुनार अर्को एक महिना राखेर फागुनको अन्तिम तिर बेच्ने हो भने कम्तीमा एक सय रुपैँया किलोमा बिक्री हुन्छ । ‘तर त्यसलाई स्टोर गरेर राख्न कोल्ड स्टोर छैन, कोल्ड स्टोर नभई जोगाउन सकिँदैन’, शेरबहादुरले भने ।

सरकाले जुनार किसानलाई बिरुवा, पोखरी तथा औषधी लगायतमा ५० प्रतिशत अनुदान दिने गरेको छ । तर त्यसले किसानलाई खासै सहयोग नपुगेको शेरबहादुरको गुनासो छ । ‘बिरुवा र औषधिमा त ५० प्रतिशत अनुदान ठिकै हुन्छ, सिँचाई पोखरी बनाउनु पर्दा ५० प्रतिशत अनुदानले बाँकी पैसा किसानले कहाँबाट ल्याउनु ?, त्यस्ता ठुला काममा सरकारले ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था भयो भने बल्ल किसानले काम गर्न सक्छन्’, उनले भने ।

कृषि क्षेत्रका यिनै समस्याका कारण नयाँ पुस्तामा जुनार खेतीमा आकर्षण देखिएको छैन । ‘खेती गर्ने मान्छे जम्मै ५० वर्ष माथिका छन्, युवा पुस्ता गाउँमा बस्नै मान्दैन, खेती गर्नै मान्दैन, जुनार खेतीलाई पुस्तान्तरण गर्न सकिएको छैन’, उनले गुनासो गरे ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...