CG Electronics
IME Life
NIMB

अयोध्याको राममन्दिरमा जनकपुरधामबाट भार पठाउने तयारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । जनवरी २१ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार पठाउने तयारी थालिएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको संयोजकत्वमा स्थानीय, प्रदेश र संघ गरी कुल ११ सय सदस्यीय जनकपुरधाम अयोध्या भार यात्रा समिति समेत गठन गरिएको छ ।

मिथिला परम्परा अनुसार छोरीको नयाँ घर बन्दा हुने घरबासमा माइती पक्षबाट आभूषण, तलाकपडा र बर्ष भरिको खानाको सामग्री पठाइने गरिन्छ । सोही अनुरुप जानकी जीको माइत पक्ष जनकपुरधामबाट ती सामग्रीहरु पठाइन लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ तथा समितिका संचालक राम रोशन दास बैष्णवले जानकारी दिए ।

शनिवार जानकी मन्दिरमा बसेको सर्वपक्षिय बैठकमा उत्तराधिकारी महन्थ रोशनले जनकपुरधामबाट ४ तारिखमा जनकपुरधामबाट प्रस्थान गरिने छ । बैठकमा उनले जनकपुरधामबासीहरुलाई विभिन्न प्रकारका पकवान वा फलपूmल तथा अन्य सामग्री सहयोग गर्नकालागि आग्रह गरे । उनले भने–‘जानकी जी सम्पूर्ण मिथिलाबासीको छोरी रहेका कारण सम्पूर्ण मिथिलाबासीको दायित्व अन्तर्गत पर्ने भएकाले कसैले भोलीको दिनमा यो नभनोस कि मैले मौका पाएन त्यस कारण भारकालागि सवैलाई आग्रह गरिएको छ ।’

बैठकमा उत्तराधिकारी महन्थ रोशनले त्रेता युग पछि पहिलो पटक अयोध्या भार जान लागेका कारण यस कार्यक्रमलाई सम्भ र भव्य बनाउन सम्पूर्ण नगरबासी संग आग्रह गरे । उनले ४ तारिखको यहाँबाट निष्कने कार्यक्रम रहेको हुनाले ३ तारिखको जे जति समान हुन्छ जानकी मन्दिरमा मात्र पुर्याउन आग्रह समेत गरे ।

उनले जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ हुँदै गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए । भोली पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशी नगर सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रोशनले जानकारी दिए । अध्योध्या पुगेको भोली पल्ट ६ तारिखको ९ बजे विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...