CG Electronics
IME Life
NIMB

अब सेवाग्राहीले बिना भेदभाव पेसी तारिख प्राप्त गर्छन् : प्रधानन्यायाधीश श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ ।

आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरुमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् ।

 

उक्त प्रणालीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले, अब न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउने विश्वास व्यक्त गरे ।
उनले मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएसँगै सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने बताए ।

उनले भने, ‘अब न्यायिक काम कारबाही प्रशासनिक काम कारबाहीमा सरलता त दिन्छ नै यसप्रति सबैको विश्वास यसको गुणस्तरीयता, पारदर्शिता सबैले अपनाउने छन् । किनकी यो सिस्टमबाट हुने कुरा हो । यहाँ कसैले अनुरोध गरेर हुने कुरा छैन् अब पेसी तारिख सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने दिन आयो ।’

उनले कसैको सहयोगबिना देशकै आइटि टिमबाट प्रणाली ल्याएकोले केही समस्या आएमा समाधान खोजेर सफल बनाउने विश्वास व्यक्त गरे । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्नका लागि अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए ।

उनले भने, ‘बाहिर कसैको सहयोगले बनाएको होइन् हामै आईटी टिमबाट बनाइएको हो । त्यसैले केही समस्या आयो अप्ठ्यारो भयो भने हामीभित्रबाट नै समाधान गर्न सकिने छ । त्यसैले यो सफल हुन्छ भन्ने पूरा विश्वास छ । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्न पाए हुन्थ्यो भनेर मैले अध्ययन सु? गरिसकेको छु । ’

उनले निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने प्रणालीको विकास गर्ने समेत उनको भनाई थियो ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...