CG Electronics
IME Life
NIMB

‘फार्म टु प्लेट’ अवधारणा अघि बढाउन राष्ट्रपति पौडेलको आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले होटल व्यवसायीहरुलाई ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित होटल संघ नेपालको प्रथम सत्कार दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी किसानले उत्पादन गर्ने अर्गानिक खाद्यवस्तुहरु सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रमा उत्पादन भएको अन्नबाली तथा अर्गानिक खाद्यवस्तुहरु सिधै तारे होटलहरूमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन म आग्रह गर्दछु । यो वास्तवमा होटल व्यवसायीहरु स्वयम्ले पनि फार्ममा कस्तो उत्पादन चाहन्छन्, पाहुनालाई त्यस्तै खाना सप्लाइ गर्न सकिन्छ । किसानसँग सम्झौता गरेर पनि नेपालको प्रकृतिमा उपयुक्त हुने उत्पादन सिधै होटेलमा ल्याउन सकिन्छ ।’

उनले होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकताप्राप्त उद्योगको सेवासुविधा प्रदान गरी निजी क्षेत्र र सरकार समन्वय गरेर अगाडि बढ्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले होटल क्षेत्र देशकै अर्थतन्त्रको प्रमुख आधार रहेकाले मुलुकको होटल क्षेत्रले अतिथि देवो भवःको मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई वृद्धि गर्नु खुसीको विषय रहेको बताए ।

मुलुकमा पर्यटक आकर्षित गर्न होटलव्यासायीहरुले सत्कार दिवस आयोजना गरेका हुन् । दिवसको अवसर पारेर व्यवसायीले आफ्नो क्षेत्रका लागि दक्ष जनशक्ति बढाउने योजना अघि सार्दैछन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...