CG Electronics
IME Life
NIMB

खेलकुदको बजेट ‘हात्तीको मुखमा जिरा’हुँदैन्, बढ्छ : मन्त्री लिम्बु

NIMB
Himalayan Bank

 

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् ।

मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१÷०८२)मा सरकारको कुल बजेटमध्ये कम्तीमा एक प्रतिशत खेलकुदमा छुट््याउने गरी आन्तरिक तयारी गरिरहेको बताएका हुन् ।

नयाँ बजेटको सिलिङ तोक्ने काम माघ मसान्तभित्र हुने र फागुनमा सिद्धान्त साथै प्राथमिकताहरु पेश हुने भएकाले सबै मन्त्रालयले नयाँ बजेटका लागि आफ्नो कार्यक्रम र बजेटको सन्दर्भमा औपचारिक–अनौपचारिक छलफल अघि बढाइरहेका बेला मन्त्रीको यस्तो आश्वासन आएको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा युवा तथा खेलकुद मन्त्रालयले २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ अर्थात् कूल बजेटको (०.१६) प्रतिशत बजेट मात्र पाएको भन्दै अब बनाइने नयाँ बजेटमा कम्तीमा कूल बजेटको एक प्रतिशत पुर्याउन पहल गर्ने मन्त्री लिम्बुले बताए ।

‘नयाँ बजेटका बारेमा हामीले छलफल सुरु गरेका छौं’ मन्त्री लिम्बुले भने । उनले अहिले कम्तिमा युवा तथा खेलकुद मन्त्रालयको बजेट समग्र बजेटको १ प्रतिशत बनाउनका लागि पहल गरेको बताउँदै त्यस विषयमा मन्त्रालयमा आन्तरिक छलफल पनि भइरहेको बताए ।

कम्तिमा १ प्रतिशत बजेट युवा तथा खेलकुदमा आउने विश्वासका साथ आफू अहिले राखेपका पदाधिकारीसँग छलफल गरिरहेको भनाई मन्त्री लिम्बुको छ ।

उनले भने,‘अहिले योजनाका बारेमा पनि छलफल गरेका छौं, कुल बजेटको १ प्रतिशत युवा तथा खेलकुद मन्त्रालयलाई दिनुपर्छ । त्यसै अनुसार हामीले कार्यक्रमका बारेमा छलफल गरेका हौ’ ।

अघिल्लो आर्थिक वर्षमा एकदमै थोरै बजेट पाएको मन्त्रालयले युवा र खेलकुदतर्फ विनियोजन गर्दा ‘हात्तीको मुखमा जिरा’ जस्तै भएको थियो ।

खेलकुदले नै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएकाले अब सरकारले यतातर्फ ध्यान दिने कुरामा आफू विश्वस्त रहेको र त्यसकालागि प्रधानमन्त्रीसँग पनि छलफल गरेको मन्त्री लिम्बुले बताए ।

अहिले सरकारले खेलकुद संरचनाहरुलाई पनि राष्ट्रिय गौरबको आयोजनाका रुपमा थप गरेकाले बजेट बढाउनैपर्ने बाध्यता जस्तै पनि रहेको छ । केही महिना अघिको मन्त्रिपरिषद् बैठकले विराटनगर, भरतपुर र मूलपानीको क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समेटेको थियो ।

यसैगरी खेल पूर्वाधार निर्माणमा जोड दिने नीति अनुरुप यसपट पनि सातवटै प्रदेशमा राष्ट्रिय गौरवको आयोजनाहरु बनाउने र अधुरा योजनाहरुलाई क्रमागतरुपमा सम्पन्न गर्न र खेलाडीहरुलाई बीमा लगाएतका सुविधाहरु थप विस्तार गर्ने पनि तयारीमा रहेको बताए ।

उनले कर्णाली प्रदेशमा २०८१ साल मंसिर २ गतेबाट सुरु हुने घोषणा गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एकअर्ब ५० करोडको बजेट माग आएको बताउँदै त्यसका लागि सरकार तयार रहेको पनि बताए ।

जसरी पनि राष्ट्रिय प्रतियोगिता समयमै गर्नुपर्ने कुरामा आफू पनि अडिग रहेको बताउँदै पूर्वाधार निर्माणको काम पनि अन्तिम अन्तिम चरणमा पुग्न लागेकाले समयमै काम हुनेमा विश्वस्त रहेको मन्त्री लिम्बुले बताए ।

सरकारले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न पहिलाको मिति परिवर्तन गरी फागुन १५ गतेलाई नयाँ मिति ताकेकोे छ ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने दिनका रूपमा फागुन १५ गतेको मिति तोकिएसँगै अब बजेटको नयाँ तालिका अनुसार माघ १५ गतेभित्र स्रोत समितिले आगामी आर्थिक वर्षको लागि स्रोत अनुमान गर्नेछ ।

त्यसैले मन्त्रालयहरु आगामी बर्षको मन्त्रालयगत नीति कार्यक्रमको तयारीमा जुट्न थालेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...