CG Electronics
IME Life
NIMB

नेप्से निरन्तर ओह्रालो, साताभरि ७१ अंकको गिरावट

NIMB
Himalayan Bank

 

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा कायमै छ । साताभरि घटेको नेप्से बिहीबार पनि एकल अंकले घटेको छ ।
यस दिन नेप्से सूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको छ ।

हप्तामा पाँच दिन कारोबार भएको नेप्से ७१.७१ अंकले घट्यो । नेप्से सूचक मात्र नभइ कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सात अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको बजारमा त्यसपछि निरन्तर गिरावट आएको हो ।

साताभरिमा करिब २६ अर्ब रुपैयाँको कारोबार भएको छ भने दैनिक औसत कारोबार पाँच अर्ब रुपैयाँ छ ।
बिहीबार घटेको बजारमा सामलिङ पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मिडसोलु हाइड्रोपावर कम्पनीको ८.७९ प्रतिशतले घटेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ५.९१ प्रतिशतदेखि ८.१२ प्रतिशतले बढेको छ ।

आज एक करोड १६ लाख कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम तीन अर्ब ७६ करोड रुपैयाँ छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । हिमालयन रिको २८ करोड ६७ लाखको सेयर कारोबार भएको छ ।

यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६४६ रुपैयाँ ८० पैसा रह्यो । दोस्रोमा रहेको ज्ञादी ग्रुप अफ पावरको १९ करोड ६५ लाखको कारोबार भएको छ भने तेस्रोमा अरुण काबेली पावरको ९ करोड १८ लाखको कारोबार भएको छ ।

 

 

 

 

 

 

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...