CG Electronics
IME Life
NIMB

राष्ट्रिय सभा निर्वाचनमा ९९.३२ प्रतिशत मत खस्यो : आयोग

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ ।

सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहसचिब एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै प्रदेशमा ९९ प्रतिशत माथि मत खसेको हो ।

कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एकसय प्रतिशत र सुदुरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले जानकारी दिए । सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गर्दा ९९.३२ प्रतिशत मत खसेको उनले बताए ।

आयोगका अनुसार बिहीबार बेलुकासम्म परिणाम समेत सार्वजनिक हुनेछ । निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...