लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने
Monday Jan 29, 2024
वि.सं.२०८० माघ १५ सोमवार १९:४९
काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर प्रिमियम थप गरी निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र बिक्री प्रबन्धकको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।
कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि÷पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिकजन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको उत्पादनमूलक उद्योग हो ।