CG Electronics
IME Life
NIMB

एउटा बचत खाता खोल्दा सिटिजन्स बैंकले एक रूख रोप्ने

NIMB
Himalayan Bank

काठमाडौं । पैसाको कारोबार गर्ने संस्थाका रूपमा बैंकलाई लिइन्छ । बैंकहरूले पैसाको नै कारोबार गर्छन् । बैंकहरूले पैसाबाहेक अन्य केही काम गर्दैनन् भन्ने सोच आम मानिसको छ । तर, सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको संरक्षणमा समेत जुटेको छ ।

पछिल्लो समय बढ्दो जनसंख्याका कारण वन विनाश भइरहेका बेला सिटिजन्स बैंक भने जंगल जोगाउने अभियानमा जुटेको हाे । कुनै ग्राहकले सिटिजन्स बैंकमा खाता खोल्यो भने उक्त ग्राहकको नाममा बैंकले एउटा रूख रोपिदिने भएको छ ।

बैंकले नयाँ वर्ष सन् २०२४ को अवसरमा वातावरणमैत्री बनाउन ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ नाराका साथ ‘एक खाता, एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।

सन् २०२४ मा ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूका लागि बैंकले एक खाताबराबर एक वृक्षारोपण गर्नेछ । ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता शून्य ब्यालेन्समा खोल्न सकिने बैंककी कर्पाेरेट कम्युनिकेसन हेड स्मारिका तिवारीले बताइन् ।

स्मार्ट बचत खातामा रकम जम्मा गर्दा ग्राहकहरूले ४.१५ प्रतिशत ब्याजदर पाउने उनले बताइन् ।

बैंकका अनुसार स्मार्ट बचत खाता खोल्न ग्राहकहरूको निःशुल्क डिम्याट खाता र एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपभोग गर्न सक्ने छन् । साथै, ग्राहकहरूले निःशुल्क ‘थ्री–डी सेक्युर ई–कमर्स’ कारोबार गर्न सक्ने तिवारीको भनाइ छ ।

पहिलो एक वर्षसम्म निःशुल्क इन्टरनेट बैंकिङ, डेबिट कार्ड, सी–आश्वा रजिस्ट्रेसन सर्भिस स्मार्ट खाता खोल्ने ग्राहकहरूलाई प्रदान गरिनेछ । यसका साथै बैंकका डिजिटल प्रडक्टहरूमा हरेक वर्ष स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूले ५० प्रतिशत छुट पाउनेछन् ।

स्मार्ट बचत खाता खोल्न कुनै पनि डकुमेन्ट आवश्यक नपर्ने उनको भनाइ छ । खाता खोल्नेदेखि कारोबार पनि सबै डिजिटल माध्यमबाट हुने व्यवस्था गरिएको उनले बताइ । जंगल जोगाउन यस किसिमको प्रडक्ट ल्याइएको उनले बताइन् ।

‘यस खाता खोलेपछि ग्राहकहरूले सबै कारोबार डिजिटल्ली गर्नुपर्ने छ, बैंकले कागजरहित सेवालाई जोड दिएकाले चेक पनि दिँदैनौं,’ उनले भनिन्, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिड कार्डलगायत सबै डिजिटल सेवामात्रै यस खातामा उपलब्ध छन् ।’

सन् २०२४ मा एक वर्षको अवधिभर जति खाता खुल्छन् सोही आधारमा बैंकले रूख रोप्ने उनको भनाइ छ । साथै, बैंकले रोपेका ति रूखहरू ग्राहकहरूको नाममा रोपण गर्ने उनले बताइन् ।

‘एक वर्षसम्म कति खाता खुल्छन्, ती सबैका खातावालाहरूको नाममा बैंकले रूख रोप्नेछ, अहिलेसम्म बैंकले कुन ठाउँमा वृक्षारोपण गर्ने भनेर स्थान तोकेको छैन, यो वर्षमा कति वटा खाता खोलिन्छन्, खाता संख्याको आधारमा हामी ठाउँ तोक्ने छौं,’ उनले भनिन् ।

साथै, वृक्षारोपण गर्ने समयमा सबै खातावाल ग्राहकहरूलाई बोलाउने योजना रहेको उनको भनाइ छ । रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्ने उनले बताइन् ।

‘ज-जसले खाता खोल्नु भएको छ, उहाँहरूलाई बोलाएर वृक्षारोपण गर्छाैं, रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्छ,’ उनले भनिन्, ‘यसबाट बैंकको व्यवसायसँगै वातावरणलाई समेत जोगाउन खोजेका हौं, यसअघि बैंकले गत वर्ष ३ सय रूख रोपेको थियो, त्यसरी आफैं रोप्नुभन्दा ग्राहकहरूको नाममा रोप्न पायौं भने उहाँहरूमा पनि सकारात्मक सन्देश प्रवाह हुन्छ ।’

उनका अनुसार यस प्रडक्टअन्तर्गत बैंकले एक वर्षमा १ हजारभन्दा बढी खाता खोल्ने लक्ष्य राखेको छ । सोही आधारमा बैंकले ग्राहकहरूको नाममा रूख रोपिदिनेछ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...