CG Electronics
IME Life
NIMB

इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छौ : ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कुल विद्युत उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत प्राधिकरण (एनइए) एकै परिवारका सदस्य भएको बताएका हुन् ।

इप्पान र एनइए एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न नसक्ने भएकाले टिमवर्कमा काम गर्नुपर्ने र त्यसका लागि आफ्नो टिम ‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताए ।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा पीपीए भएका धेरै आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको र वित्तीय व्यवस्थापन भएका कतिपय आयोजनाले समेत काम अघि बढाउन नसकेकोले विद्युत उत्पादन गर्नुपर्ने मिति (RCOD) थप गर्नका लागि पहलकदमी लिइदिन आग्रह गरे ।

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएकोले विभागलाई यो परिमाणको विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने अवसर भएको पनि कार्कीले बताए ।
इप्पानका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार विभागबाट निजी क्षेत्रलाई सहज हुने वातावरण बनाएर काम गर्न आग्रह गरे ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रका ऊर्जा उत्पादक र विद्युत व्यापार विभागको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले विद्युत खरिद विक्री सम्झौता (पीपीए)का लागि आवेदन दिएका १२ हजार मेगावाट क्षमताका सबै आयोजनाको पीपीए ढकालकै कार्यकालमा हुनेमा विश्वस्त रहेको बताए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले सरकारी कर्मचारी भएपनि निजी क्षेत्रकै शैलीमा काम गर्ने जुझारुपन ढकालमा भएको भन्दै विद्युत व्यापार विभागमा पनि सोही शैलीमा काम हुनेमा आशावादी रहेको बताए ।

उक्त भेटमा इप्पानकोतर्फबाट अध्यक्ष गणेश कार्की सहित निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र भरत खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कोषाध्यक्ष नरेन्द्र बल्भ पन्त, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...