CG Electronics
IME Life
NIMB

१५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

NIMB
Himalayan Bank

 

काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ ।

उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्तरी छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा उच्च बढोत्तरी भएको हो ।

१ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छ । उच्च कारोबार भएकाको सूचीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआइसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र सोनापुर मिनरल्स छन् ।

हिमालयन रिइन्स्योरेन्सको २३ करोड, एनआरएनको १६ करोड ३० लाख, एनआइसी एसिया बैंकको १३ करोड ७७ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख र सोनापुरको १० करोड २७ लाखको सेयर कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये ४५ वटाको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाए पनि १९९ कम्पनीका सेयर लगानीकर्तालाई फाइदा भएको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...