CG Electronics
IME Life
NIMB

‘अर्थतन्त्रका सबै सूचक सबल, अब अझ सही दिशामा’

NIMB
Himalayan Bank

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रका हरेक सूचकहरु सकारात्मक रहेको बताउँदै अबका दिनमा समेत सकारात्मक दिशा उन्मुख रहने बताएका छन् ।

 

आर्थिक वर्ष २०८०÷८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उनले आर्थिक गतिविधिहरु बढे पनि बजेट व्यवस्थापनमा चुनौती रहेको स्वीकारे ।

 

उनले भने, ‘आर्थिक गतिविधि सुस्ताएको बेला म अर्थमन्त्रालयको नेतृत्व सम्हाल्न आएको हुँ । यसका लागि धेरै तयारी गर्नुप¥यो । आर्थिक सुधारको विषय तत्कालै समाधान हुने विषय होइन, अहिले अधिकांश सूचकहरुमा सुधार छन्, यो क्रम अझै अझै सुधारउन्मुख हुँदै जानेछन् ।’

लक्ष्यअनुसार सूचकमा सुधार नआएको भए पनि बैंकिङ तरलतामा सुधार आएको उनको दाबी थियो ।

उनले अघि भने, ‘बैंकिङ तरलतामा सुधार आएको छ । ब्याजदर घट्दो क्रममा छ । शोधनान्तर स्थितिमा सुधार आएको छ । वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि भएकाले औद्योगिक क्षेत्र सञ्चालनका लागि सकारात्मक संकेत देखिएको छ ।’

पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताउँदै अथमन्त्री महतले पुस मसान्तसम्ममा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बताए । गत वर्षको यही अवधि यो संख्या जम्मा ३ लाख ९० हजार मात्र थियो ।

सरकारले मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । ८ प्रतिशतबाट अहिले औसतमा ६.४७ प्रतिशत मा झरेको उनले बताए ।

त्यसैगरी, बैंकको ब्याजदर घटेसँगै २.६ प्रतिशतले वित्तीय सुधारको सूचक बढेको उनले बताए छ । बैंक तथा वित्तीय क्षेत्रमा जाने कर्जा ४ प्रतिशतले बढेको बताउँदै अर्थमन्त्री महतले धितोपत्र २४ अर्ब ४८ करोड रुपैयाँ बराबरको थप दर्ता नभएको जानकारी दिए ।

 

आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

अर्धवार्षिक_समिक्षा_2080_81_10_29__10_15_Final_to_print[1]

 

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...