Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहँुँचमा पुर्याउन आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले दुर सञ्चार प्राधिकरको टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाई, सस्तो र सरल रुपमा सबै नागरिकको पहुँचमा पुर्याउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल दुरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा उनले प्राधिकरणले दिँदै आएको दुरसञ्चार सेवालाई सबै क्षेत्रका नागरिकले सहज र सरल रुपमा पाउन सक्ने वातावरण बनाउन आग्रह गरे ।

उनले सबै प्रकारका सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै लैजानुपर्नेमा जोड दिएर भने, ‘टेलिफोन इन्टरनेट तथा सबै सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै हरेक क्षेत्रका नागरिकले आधारभुत दुरसञ्चार सेवा सहज प्राप्त गर्न सक्ने वातावरण बनाउन म प्राधिकरणलाई आग्रह गर्छु ।’

मन्त्री बस्नेतले, दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको सेवा क्षेत्र सँगै आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै गइरहेको उल्लेख गरे ।
‘ प्राधिकरणले सूचना प्रविधिमा सेवा क्षेत्रको रुपमा त काम गर्दै आएको छ । अहिले यसले क्रमश आर्थिक क्षेत्रमा रोजगारीका अवसरहरू पनि सृजना गरिरहेकाले आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिदै गइरहेको छ ’ मन्त्री बस्नेतले भने ।

उनले प्राधिकरणको कार्य प्रभावकारी ढङ्गले सम्पादन गर्न जनशक्ति र भौतिक पूर्वाधार पर्याप्त नभएको उल्लेख मात्र गरेनन् सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...