IME Life
NIMB

शिवरात्रि पर्वका लागि पशुपतिमा विशेष तयारी

NIMB
Himalayan Bank

काठमाडौं । शिवरात्रि पर्वलाई व्यवस्थित गर्नको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सोमबार पुनगर्ठित मन्त्रिमण्डलमा संस्कृति मन्त्रालयको नेतृत्व माओवादी नेता हितबहादुर तामाङले पाएका छन् ।

पशुपति क्षेत्रमा बुधबार पत्रकार सम्मेलन गर्दै कोषका प्रचार तथा आवास, खाद्य तथा भौतिक पूर्वाधार उपसमिति संयोजक परिषद् सदस्य बाबुशरण सुवेदीले शिवरात्रि पर्वमा हुने पूजाअर्चना र श्रद्धालुको भीड व्यवस्थापनका लागि विशेष तयारी गरिएको बताए ।
कोषका अनुसार मूल समितिअन्तर्गत ८ वटा विभिन्न विषयगत उपसमितिहरू गठन गरिएका छन् । उपसमितिहरुमार्फत संयोजन र समन्वय गरी शिवरात्रिको तयारी लगभग अन्तिम अवस्थामा पुगेको पनि उनले जानकारी दिएका छन् । यसपटक शिवरात्रि पर्व आगामी शुक्रबार परेको छ ।

सुरक्षा व्यवस्था उपसमिति, स्वयंसेवक परिचालन व्यवस्था उपसमिति, मन्दिर दर्शन, चन्दन वितरण र रात्रि व्यवस्था उपसमिति, प्रचार तथा आवास, खाद्य तथा भौतिक पूर्वाधार उपसमिति, साधुसंत तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, वातावरण, व्यंग्य र जुत्ता चप्पल व्यवस्था उपसमिति, स्वास्थ्य सेवा प्रणाली उपसमिति र मेला बजार तथा सजावट व्यवस्था उपसमिति गरि ८ वटा उपसमिति रहेको कोषले जनाएको छ ।
शिवरात्रिका दिन पशुपतिमा लाखौंको संख्यामा आउने दर्शनार्थी एवं भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेका सुरक्षा एवं स्वास्थ्यका समेत मापदण्डलाई पालना गर्दै दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले तयारी गरेको उनले बताए ।


सम्मान गर्नुपर्ने व्यक्तित्व, ज्येष्ठ नागरिक, फरक शारीरिक अवस्था भएका व्यक्तिहरुलाई कुनै समस्या परेमा आफ्नो नजिक रहेको स्वास्थ्य शिविरको व्यवस्था र सुरक्षाकर्मीहरु वा स्वयंसेवकहरुको व्यवस्था पनि गरिएको छ ।

यसका साथै, पशुपति क्षेत्रभित्र मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा–भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ ।
पशुपति प्लाष्टिक निषेधित क्षेत्र पनि हो । पर्वको मेलामा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिक काँच, शिशा जस्ता फुट्ने प्रकृतिका सामाग्रीहरु र कपप्लेट प्रयोग गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

ज्येष्ठ नागरिक, फरक शारीरिक अवस्था भएका व्यक्तिहरुका लागि छुट्टै दर्शन लाइनको व्यवस्था गरिएको छैन । उनीहरुले स्वयंसेवक र सुरक्षाकर्मीको सहयोग लिई सिधै दर्शन गर्न पाउने छन् ।

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...