IME Life
NIMB

नेपाली सेनाको २६१ औं वार्षिकोत्सवमा विशेष कार्यक्रम

NIMB
Himalayan Bank

काठमाडौँ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले प्रधान सेनापति ब्यानर प्रतियोगिता-२०८० मा गण तर्फ प्रथम हुने श्री श्रीजंग गण र गुल्म तर्फ प्रथम हुने श्री हनुमानध्वज गुल्मलाई पुरस्कृत गर्नु भएको छ । नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधान सेनापतिले उक्त युनिटहरुका साथै युद्धकार्य तथा पेसागत प्रतियोगितामा प्रथम हुने श्री नं.३ वाहिनी र द्वितीय हुने श्री नं.९ वाहिनी तथा पृतना स्तरको प्रतियोगितामा प्रथम हुने श्री मध्य पूर्वी पृतना र द्वितीय हुने श्री उपत्यका पृतनालाई पुरस्कृत गर्नु भएको हो । सो अवसरमा प्रकृति संरक्षण ट्रफि प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्‍गदल गण र खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री सिंहशार्दुल गुल्म पनि पुरस्कृत भएका छन् ।

त्यस अवसरमा प्रधान सेनापतिले सैनिक ड्रिल प्रतियोगिता-२०८० मा प्रथम हुने श्री मध्य पूर्वी पृतना र द्वितीय हुने श्री उपत्यका पृतनालाई पुरस्कार वितरण गर्नुका साथै, सेना दिवस-२०८० को उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ आजको समारोहमा ३०० जना महिला र ३०० जना पुरुष सैनिकहरुले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए ।

World Book of Records, London द्वारा विश्व किर्तिमानका रुपमा मान्यता प्रदान गरेको उक्त प्रस्तुती वापत World Book of Records का प्रतिनिधिले सोही अवसरमा प्रधान सेनापतिलाई विश्व किर्तिमानको Provisional Certificate हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा प्रधान सेनापतिले मानार्थ उप सेनानी पदमा पदोन्नति हुनु भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

 

कार्यक्रममा रथी श्री बालानन्द शर्मा (अ.प्रा.) लाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान, गुल्म प्रवन्ध हुद्दा ज्ञानेन्द्र शाह (अ.प्रा.) लाई उत्कृष्ट कृषक सम्मान, प्राविधिक सुवेदार विष्णु गिरी (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान, प्राविधिक सुवेदार राजु सिग्देल (अ.प्रा.) र जमदार श्रीपाल सारु (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उध्दार सम्मान, श्रीमती लिलीहजुर बस्न्यातलाई प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान, हुद्दा गयालाल देवकोटा (अ.प्रा.) तथा श्रीमती उर्मिला बुढाथोकी क्षेत्रीलाई प्रधान सेनापति सफल लघुवित्त उद्यमी पुरस्कार वितरण गर्नुभयो ।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस-२०८० फाल्गुण २५ गते महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाइँदै छ । सो कार्यक्रममा नेपाली सेनाका साथै वेलायत, भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरुको समेत साङ्गीतिक प्रस्तुती हुनेछ ।

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...