CG Electronics
IME Life
Ncell NPL

एनएलजी इन्स्योरेन्सद्वारा डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झन्क बहादुर थापाको प्रमुख आतिथ्य र इन्स्योरेन्सका नेपालगंज शाखा प्रमुख बिवेक भण्डारीको सभापतित्वमा फागुन २४ गते कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सचेतना कार्यक्रममा वडा नं. ५ का वडा सदस्य जहिर यादव, कम्पनीका बजार प्रतिनिधी रजिश भण्डारी, दाबी बिभाग का कर्मचारी चित्र बिकलगायत बिभिन्न तहका सरोकारवालाहरु र पालिकाका बिभिन्न वडाका कृषक तथा कृषि पेशा मा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

शाखा प्रमुख भण्डारीले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, बीमाका प्रावधान र कृषि बीमाको महत्व का बारेमा जानकारी गराएका थिए । उनले पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराएका हुन् ।

मन्तव्यकै क्रममा प्रमुख अतिथी थापाले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम पालिकाका किसानहरुको घरदैलोमा नै आएर आयोजना गर्नु भएकोमा खुशी व्यक्त गरे । पशु बीमामा झै वाली तथा तरकारी बीमालाई पनि अभियानको रुपमा अगाडी बढाउन एनएलजी ईन्स्योरेन्स कम्पनीलाई अनुरोध गरे । थापाले सरकारद्वारा ल्याईएको कृषि तथा पशुपंक्षी बीमाको लागि पालिकाबाट हर सम्भव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी जम्मा ६३ जनाको सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भु्क्तानी मा सहजता ल्याउनु पर्ने, समयानुसार पशुचौपायाहरुको बीमांक रकम बढाउनु पर्ने, बाली बीमा गर्ने कार्य झन्झटिलो भएकोले सहजता ल्याउनु पर्ने कुराहरु राखेका थिए । छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका शाखा प्रमुख भण्डारीले दावी भुक्तानी छिटो छरीतो रुपमा भईरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने र बीमांक रकममा समेत आपसी समझदारीमा चलनचल्तीको दर रेटमा बीमांक रकम कायम गरीने प्रतिबद्धता व्यक्त गरे ।

उक्त छलफल कार्यक्रमको संचालन कर्ण प्रिय रानाले गरेका थिए भने पशु प्राबिधिक डिल्ली बहादुर खड्काले बीमाका प्रक्रियाहरु र किसानहरुले पालना गर्नुपर्ने प्राबिधिक बिषयमा सहजीकरण गरेका थिए ।

 

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७०...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२२

  काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो...

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी (CG) मेरिडिया ‘AI स्मार्ट एयर फ्रायर’

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:०५

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी...

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...