CG Electronics
IME Life
NIMB

सरकारमा दलित सहभागीता शुन्य भएकोमा खेद प्रकट

NIMB
Himalayan Bank

 

काठमाडौं । वर्तमान सरकारमा दलित सहभागीता नभएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट दलित संगठनले वर्तमान सरकारमा दलित सहभागीता शुन्य भएकोमा खेद प्रकट गरेको छ ।

शनिबार काठमाडौंमा बसेको नेपाल दलित मुक्ति संगठनको कार्यालय बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दलित सहभागीता नभएकोमा खेद प्रकट गर्दै यसलाई सच्याउन र सरकारमा दलित सहभागिता गराउन माग गरेको छ ।

संगठनका अध्यक्ष गणेश विश्वकर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकारमा १५ प्रतिशत जनसंख्या रहेको दलित समुदायको प्रतिनिधित्व नगराइएकोमा नेपालको संविधानकै धज्जी उडाइएको ठहर गर्दै मन्त्रिपरिषद्मा तत्काल समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व गराउन जोडदार माग गर्ने निर्णय गरिएको छ ।’

सो संगठनले विगठनको अवस्थामा रहेको दलित विकास समिति, वादी विकास बोर्ड तथा ओविसी समिति तत्काल पुनर्गठन गर्न माग गरेको छ । साथै उक्त संरचनालाई एकीकृत गरी अधिकारसम्पन्न दलित विकास प्राधिकरण गठन गर्न माग पनि गरेको छ । यो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकीकृत समाजवादीको भागमा गरेको छ ।

सो बैठकले यही चैत ८ गते काठमाडौंमा गर्ने भनिएको नेपाल दलित मुक्ति संगठनको छैठौं राष्ट्रिय सम्मेलन पार्टीको दुई महिने संगठन सुढृणीकरण अभियान, पार्टी अधिवेसन लगायतका कारण देखाउँदै स्थगित गरेको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...