CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी सेमिनार सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि फागुन २७ गतेसम्म दुई दिने कार्यगोष्ठी÷सेमिनार सम्पन्न गरेको छ । बैंकले चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक सेमिनार सम्पन्न गरेको हो ।

उक्त कार्यगोष्ठी÷सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो ।

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी÷सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव विन्द्रा हाडा

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा...

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा– २०२६’ का विजेता घोषणा

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा–...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २१:५६

  काठमाडौं । नेपालका लागि एङ्कर र साउन्डकोर ब्रान्डको आधिकारिक...