Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विश्व वित्तीय सप्ताहको–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा भिजिट मर्चेण्ट बैंक कार्यक्रम सञ्चालन

 

काठमाडौं । वित्तीय सप्ताह २०२४(GLOBAL MONEY WEEK- 2024)को अवसरमा प्रभु क्यापिटल लिमिटेड(PRVUCL)ले चैत ७ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेण्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ ।

 

यस वर्ष ग्लाेबल मनी विक २०२४को अवसरमा क्यापिटलले बिभिन्न कार्यक्रमहरु गरि संचालन गर्ने क्रममा आज भिजिट मर्चेण्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल मनी वीक – २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्काे स्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक (BBA) अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई भिजिट मर्चेण्ट बैंक (Visit Merchant Bank) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन् ।

 

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैलीलाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए । सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरि पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । यससंगै क्यापिटलका विभिन्न विभागहरुमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस विश्व वित्तीय सप्ताहको अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु गरी संचालन गर्ने योजना रहेको छ ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...