CG Electronics
IME Life
NIMB

‘कांग्रेसलाई जस्तो गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्न नसकेकोे दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने बताए ।

उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा कहिल्यै पुग्दैनौं । हामी काम गर्न नसकेको र नपाएको दिन नै सत्ता छोडेर जान्छौं, सबैको झोलामा राजीनामा तयारी अवस्थामा छ, मात्र मिति लेख्न बाँकी छ ।’

उनले आफ्नो र आफन्तको व्यक्तिगत माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता रास्वपामा नभएको जिकिर गरे । एकपछि अर्को भ्रष्टाचारी समातिँदै गर्दा अर्को कहिले समातिन्छ भन्दै जनता उत्सुक भन्दै उनले ‘नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन् । समाउन खोज्दा खोज्दै चिप्लिन्छन्’ भन्दै व्यंग्य गरे ।

उनले भने, ‘आफ्नो व्यक्तिगत माग, परिवारको साथीभाईको माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता हामीसँग छैनन् । ढुक्क हनुहोस् हामीसँग भ्रष्टाचारीको फाइल छ । हामी त्यो अधिकारको एक सेकेण्ड पनि दुरुपयोग हुन दिँदैनौं । त्यसको सुरुवात गरिसकेका छौं । एउटा भ्रष्टाचारी समातियो अर्को खोइ भन्ने जनतामा आतुर छन् । तर नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन,् समाउन खोज्दा खोज्दै चिप्लिन्छन् । कतिपय बाठा हुन्छन् फुत्त लुकिहाल्छन् । जति ठूला चिल्ला माछा हुन् जनताले दिएको शक्तिको अगाडि केही लाग्दैन तिनीहरुको ।’

सभापति लामिछानेले रास्वपाले नेतृत्व गरेको मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्न नपर्ने भन्दै मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत भएकाले आफूहरुले संयन्त्रलाई काम गराउन लगाउने बताए । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुने उनको भनाइ छ ।

उनले भने, ‘हामीले नेतृत्व गरेका मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्नु पर्दैन । मन्त्रीलाई भेट्नै पर्दैन । रहरले फोटो खिच्न भेटेको थिए भन्न छुट्टै कुरा हो । तर मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत हो । हामी त्यो गर्न चाहदैनौं । हाम्रो संयन्त्रलाई काम गराउन चाहन्छौं । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुन्छन् ।’ आफ्ना साथीहरुसँग कुरा लुकाउनुपर्ने काण्डहरु लुकाउनुपर्ने अवस्थामा हामी जाँदैनौ ।’
.

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...