CG Electronics
IME Life
NIMB

ग्लोबल मनि विक २०२४ को अवसरमा ब्रोकर भिजिट कार्यक्रम आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) ले आज विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्व विद्यालय अन्तरगतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।

यस अवसरमा त्रिभुवन विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजको अफिस अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा सन सेक्युरिटिजले प्रदान गर्ने कारोबार सेवा तथा डिम्याट खाता सेवाका साथै ब्रोकर अफिस अन्तरगत आन्तरिक रुपमा सञ्चालन हुने विभिन्न विभाग तथा सो अन्तरगत सञ्चालन हुने विभिन्न कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।

 

पूँजीबजार अन्तरगतको एक अभिन्न क्षेत्रको रुपमा रहेको ब्रोकर व्यवसाय विस्तारै थप व्यवसायिक तथा प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सन सेक्युरिटिज प्रा.लि.को अत्याधुनिक कारोबार स्थलमा बसेर कारोबार गर्ने लगानीकर्ताहरुले सुरक्षित रुपमा लगानी गर्न सक्ने गरी भौतिक पूर्वाधार तयार गरेको जसमा लगानीकर्ताहरुले ४ घण्टाको समय कारोबार गर्न फराकिलो एवं सहज कारोबार स्थल, चिया कफिका लागि क्याफे सेवा तथा आफैंले कारोबार गर्न नजान्ने लगानीकर्ताहरुका लागि खरिदबिक्री गर्न अनुभवी ट्रेडिङ कर्मचारी लगायतको सुविधा प्रदान गर्नुका साथै आफैंले खरिदबिक्री गर्ने लगानीकर्तालाई निःशुल्क इन्टरनेट सेवा एवं पूँजीबजार तथा लगानी सम्बन्धमा अध्ययन गर्ने विभिन्न श्रोत सामाग्री तथा पुस्तकहरु समेत प्रदान गरिरहेको जानकारी सन सेक्युरिटिज प्रा.लि.का अध्यक्ष श्री कृष्ण गिरीले विद्यार्थीहरुलाई जानकारी गराउनुभयो ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...