CG Electronics
IME Life
NIMB

होलीले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग गर्छ : ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस भनेर शुभकामना दिएका छन् ।

शनिबार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले जहाँ भएपनि, जुन भूगोलमा बसेपनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु भएको भन्दै होलीको सन्देशले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग पुग्ने बताए ।

उनले भने, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्याउँछ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु ।

हामी जहाँ भएपनि जुन भूगोलमा बसेपनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल पुराओस, त्यसका लागि राष्ट्रिय एकता मजबुद बनाओस् ।’

यस्तै, उनले पर्व मनाउनको लागि अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छा विपरित रमाइलो नगर्न आग्रह गरे ।
उनले भने, ‘यस पर्वका अवसरमा अरुको स्वतन्त्रतामाथि प्रभाव नपर्नेगरि आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्छ । इच्छा विपरित रमाइलो हुदैँन् यो कुरामा ध्यान दिनुपर्छ । कसैलाई स्वास्थ्यमा समस्या आउनसक्छ ।

 

त्यो विषयमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यको साथै आर्थिक पक्षमा पनि ध्यान दिनुपर्छ । अनावश्यक भार पर्नेगरि खर्च नहोस, कम खर्चमा पर्व मनाउनुपर्छ ।’

होली पर्व सबै पर्व मध्ये पुरानो भएको भन्दै यो समाज विकास र मित्रतासँग जोडिएको उनको भनाई छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...