nic bank
himalayan everesat
Nmb bank

ग्लोबल मनि विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम,१९ सय बढी विद्यार्थी लाभान्वित

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर‘प्रोटेक्ट योर मनि,सेक्योर योर फ्युचर’भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

 

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएको बैंकले उल्लेख गरेको छ ।

 

मधेशप्रदेशका २२० विद्यार्थी वित्तीय साक्षरताकक्षामा सहभागिता जनाएका थिए । बैंकका अनुसार बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि ¥यालिमा बैंकले सहभागिता जनाएको थियो ।

 

जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए । लुम्बिनीप्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको थियो । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बिच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो ।

 

। अन्तिम नतिजा यसै साता घोषणा गरिने बैंकले जानकारी दिएको छ । यस कार्यक्रमअन्तर्गत प्रत्येक विधामाप्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ ।

 

नबिल बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खानिया

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:०२

    एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनियालाई...

कामना सेवा विकास बैंक र आइएनजीए शपिङ कम्पलेक्सबीच सम्झौता

कामना सेवा विकास बैंक र आइएनजीए शपिङ...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:४८

  कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित INGA Shopping...

‘रेमिट्यान्सलाई उत्पादनमुखी बनाए राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ

‘रेमिट्यान्सलाई उत्पादनमुखी बनाए राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:१७

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई...