nic bank
himalayan everesat
Nmb bank

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज चल्दै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोक्रस रेसांक डर्ट टेम्पलले, डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ । जनवरीदेखि सुरु भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोकस रेसिड च्याम्पियनसिप हो।

 

 

पांच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्टसलाई उचाईमा पुऱ्याउन र नेपाली रेसिड प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको छ। यस च्याम्पियन सिरिजको तेस्रो रेस सम्म पुरा भइसकेको छ ।

 

चौवौं रेस मार्चको २८ र ३० गते हुने छ भने फाइनल अर्थात पाँचौं रेस एप्रिलको २५ र २७ गते धुलिखेलमा हुने छ । हालसम्मको रेसमा रिजन खड्‌की ६३ पोइन्टले अगाडी रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंक्तिमा रहेका छन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा, र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित एप्रिलमा यस च्याम्पियनसिप पुरा हुने छ। यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।

 

“यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो, ‘डर्ट टेम्पललका इजब बरुण भन्छन्, “हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौं ।

यस सिरिजमा दुई वर्ग रहेका छन्। खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा रहेका छन् । उनीहरुले रेसपछि उपाधी र क्यास प्राइजहरु जित्नेछन्। साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज डर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारण पनि हुने छ । साथै धुलिखेलमा खानाका स्टलहरू र मनोरञ्जनात्मक कार्यक्रमहरू समेता आयोजना गरिने आयोजकले बताएका छन् । यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्टस नेटवर्क, र रेडबुल नेपालले प्रायोजन गरेका छन् । डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पुऱ्याउने प्रतिबद्ध छ ।

डर्ट टेम्पल बारे

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोकस रेसाक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकाक्षालाई उचाई दिने मञ्च प्रदान गर्दछ। राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित, डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्टस र रेसिङ कल्चरलाई बढावा दिने लक्ष्य राखेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उदेश्य रहेको छ।

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता...

वि.सं.२०८१ वैशाख १० सोमवार ०५:२८

  टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०२:१९

  काठमाडौँ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको...

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१४

  नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...