Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लगानी भित्र्याउन कानुन संशोधन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् ।

लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री दाहालले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको जानकारी दिए ।

उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिएका छन् ।

‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ, यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने ।

दाहालले लगानी कर्तालाई सरकारी कार्यालयहरुमा काम प्रभावकारी र परिणामुखी हुँदैनन् भन्ने नपार्नेगरी सेवा प्रवाह गर्न आग्रह गरे ।

‘हाम्रो सेवा प्रवाह स्पष्ट, छिटो–छरितो हुन आवश्यक छ । मन्त्रालय,विभाग र कार्यालयहरू परिणाममुखी हुनुप¥यो । सरकारी निकायहरूको काम परिणाममुखी छन् भन्ने विषय लगानीकर्ताले थाहा पाउनुप¥यो,’ दाहाल सचिवालयले जनाएको छ ।

बोर्डले परम्परागत र सामान्य उपलब्धि दिनेगरी कार्य गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष दाहालले बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।

‘छोटो समयमा देशको द्रुततर आर्थिक वृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुनेगरी परिणाम दिनुपर्छ,’ प्रधानमन्त्री दाहालले थपे, ‘बोर्डबाट पास भैसकेपछि निर्णयहरू परिणाममुखी बनाउन सदस्यज्यूहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ ।’

देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पिपिपी परियोजनालाई प्रभाव पार्नसक्ने बोर्डका निर्णयलाई ध्यान दिन दाहालले निर्देशन दिए ।

‘सार्वजनिक–नीजि साझेदारीका परियोजना फरक प्रकृतिका हुन्छन् । परियोजना विकास सम्झौतामा सरकारले पनि विभिन्न प्रतिबद्धता जाहेर गरेका हुन्छन् । परियोजनालाई प्रभाव पार्नसक्ने निर्णयहरू तथा कार्यान्वयनको पक्ष ढिलो भयो भने क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ, त्यसबाट देशलाई क्षति पुग्छ । त्यसैले यी विषयहरूमा अतिरिक्त जिम्मेवारी बोध गर्नुहोस् ।’

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...