Nabil Bank
prabhubank
nic bank

पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने

मिडिया स्पेस सोलुसन्स प्रालि

कास्कीको गाउँपालिकामा ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्न हेतु पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन आयोजना हुने भएको छ ।

‘सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नारा सहित पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने उक्त सम्मेलन बैशाख १ गते नयाँ वर्ष पारेर आयोजना गर्न लागिएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ ।

शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि बढाइको र सम्मेलनको सबै तयारी पूरा भएको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कार्यक्रममा वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरि उद्घाटन गरिने र वैशाख २ गते विशेष सत्र प्रस्तुतिका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन भने योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरि जंगलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरिने पौडेलले बताए ।

खुला सत्रको सन्देश दिनेगरि सञ्चालन गरिने सम्मेलनमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्त बहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमूख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. राम्जी शर्मा, पर्यटन विज्ञ डम्वर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र वुद्धिजीवी डा. अमर नागिला लगायतले आफ्नो वत्तव्य प्रस्तुत गर्नेछन् ।

सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमै फरक सन्देश दिने तथा आगामी सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आवधिक रुपमा सम्मेलन सञ्चालन गर्दै लैजाने आयोजकको योजना छ ।

ईको टुरिजम प्रालिले ग्रामिण पर्यापर्यटन प्रवद्र्धनका लागि पञ्चासे साँस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरि वार्षिक तीनवटा ईभेन्ट सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन...

वि.सं.२०८१ जेठ ४ शुक्रवार १७:०९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका...

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट १० वर्षमा १० हजार...

सहसचिव सचिवमा बढुवा, शर्मा र खड्का अध्यक्षमा नियुक्त

सहसचिव सचिवमा बढुवा, शर्मा र खड्का अध्यक्षमा...

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:२९

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय...

प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने

प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०८:४०

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा...

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:५३

  काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस् : इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४५

काठमाडौं ३, जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष...