CG Electronics
IME Life
Ncell NPL

माछापुच्छ्रे बैंकले नयाँ भवन रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ ।

मंगलबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंक अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१९

  काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको...

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:२४

काठमाडौं – नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो...

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०४

  काठमाडौं, नेपाल – २३ अप्रिल २०२६ –रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको...